![चलचित्र ‘अस्ट्रेलियन दुल्हा’ को शुभ-मुर्हत](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/film.jpg)
काठमाडौं । यही जेठ १० गतेदेखि सिनेमाघरमा आएको चलचित्र ‘पुजार सार्की’ले रिलिजको तेस्रो हप्तासम्म पुग्दासमेत दर्शकको चाप हलमा देखिएपछि चलचित्र टिम चितवन र पोखराका विभिन्न हल भिजिटमा निस्केका छन् । शनिबार बिहानै अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइली, निर्देशक दिनेश राउत, निर्माता सुभास भुसालसहितको टिम चितवन पुगेको छ ।
चितवन खैरहनी नगरपालिकाको पर्सा बजारमा रहेको म्यांगो जनज्योति सिनेमा हल, नारायणगढको इन्द्रदेव सिनेमा, क्यूएफएक्स जलमा र भरतपुरको सिजी मलस्थित सिनेप्लेक्स (क्यूएफएक्स) सिनेमा हलमा ‘पुजार सार्की’ टिमले दर्शक भेटी साक्षात्कार गरेको छ । यो टिमले आइतबार दिनभर पोखराका हलहरूमा दर्शक भेट्को छ । पोखराका सबै हलहरूमा रिलिजको सुरुवातदेखि नै यस चलचित्रले दर्शकको उच्च उपस्थितिसहितको व्यापार गरिरहेको छ ।
आफ्नै क्षेत्रको कथा र पोखरानजिक छायांकन भएका कारण पनि पोखरामा दर्शकको चाप रहेको निर्देशक दिनेश राउतले जानकारी गराउनुभयो । हलमा पुग्दा चार पटकसम्म ‘पुजार सार्की’ हेर्न आएका दर्शक देखेर आफू निकै खुशी भएको अभिनेता सिग्देलले बताउनुभयो । यस चलचित्रमा ‘मैयाँ’को भूमिकामा रहनुभएकी अभिनेत्री अञ्जना बराइलीले हलमा दर्शक भेट्न पाउँदा आफू सधैं खुशी हुने बताउनुभयो ।
रिलिजको सत्रौं दिनमा करिब ८० शो सहित चलिरहेको यो चलचित्रले शनिबार देशभरका अधिकांश हलहरूमा हाउस फुल व्यापार गरिरहेको वितरक रोहित कट्टेलले बताउनुभयो । दिनेश राउतको निर्देशन, सुभास भुसालको निर्माण, विकास सुवेदीको लेखन रहेको यो चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बुलगायतको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच