पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । अभिनव साहित्य समाजले विष्णुचन्द्र अभिनव वर्षोत्कृष्ट गद्यकविता पुरस्कार कीर्तिपुर निवासी गंगाप्रसाद भेटवाललाई प्रदान गरेको छ । समाजको २६८औं साहित्यिक शृंखलाअन्तर्गत शनिबार सम्पन्न कार्यक्रममा नगद सात हजारसहित भेटवाललाई सम्मान गरिएको हो ।
यो पुरस्कार समाजले प्रत्येक वर्ष जेठ महिनामा वितरण गर्दै आएको समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले जानकारी दिनुभयो । उहाँलाई नगदसहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्वमा सञ्चालन भएको कार्यक्रको प्रमुख आतिथि प्राडा. रामप्रसाद ज्ञवाली हुनुहुन्थ्यो । शारदा पराजुलीको उद्घोषण र मेनका आचार्यको स्वागत मनतब्यबाट कार्यक्रको सुरुवात भएको थियो । समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले धन्यवाद ज्ञापन र सम्मानित तथा पुरस्कृत व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो । वरिष्ठ पत्रकार विजय चालिसे, डिल्लिराज अर्याल, मञ्जुश्री प्रधान केसी, शंकर भारती, गंगा पौडेलले आ-आफना मन्तव्य र रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा स्थलगत मुक्तक लेखन तथा वाचन प्रतियोगिताको पनि आयोजना गरिएको थियो । अभिनव साहित्य सिरपा प्रतियोगिताका लागि विभिन्न ४० विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । जसमा सरस्वति माविकी कष्टिना तामाङ प्रथम, रिर्डस स्कुलका दीपदर्शन न्यौपाने र सुनौलो भविष्य सुदीप गिरी द्वितीय र इष्टपोल माविका आद्ररा ढुंगाना ।
कान्तिभैरव गुरुकुलका मन्दिप रिमाल तृतीय हुनुभएको थियो । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई क्रमशः पाँच हजार, तीन हजार र एक हजार नगद प्रदान गरिएको थियो ।
समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रममा त्यस क्षेत्रका साहित्यकार एवं साहित्यानुरागीको उपस्थिति रहने गर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच