घट्यो सुनको मूल्य

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा एकैदिन १ हजार २०० रुपैयाँले सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुन तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ कायम गरिएको छ ।

गत बिहीबार हालसम्मकै उच्च १ लाख ११ हजार आठ रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि पनि चाँदीको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?