शाइन रेसुंगा बैंक र लुम्बिनी केबलकारबीच सम्झौता

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. र लुम्बिनी केबलकारबीच व्यवसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका देशभरका शाखाका कर्मचारीहरुलाई लुम्बिनी केबलकारको टिकट खरिदमा २० प्रतिशत छुट हुने भएको छ । सम्झौता पत्रमा लुम्बिनी केबलकारको तर्फबाट अपरेशन म्यानेजर डिएन कायस्थ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट मानव संशाधन विकास तथा ब्राण्डिङ्ग प्रमुख प्रभास राईले हस्ताक्षर गर्नु भएको छ ।

केबलकारको टिकटमा छुट पाउन बैंकका कर्मचारीले बैंकको कर्मचारी परिचयपत्र अनिवार्यरुपमा साथमा राखेर टिकट काउन्टरमा देखाउनुपर्ने गरी सुम्झौता भएको केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेले वताउनु भयो ।

लुम्बिनी प्रदेशमा मात्रै ७२ वटा शाखा रहेको बैंकका देशभर ८८ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरमा गरी करिब एक हजार कर्मचारी कार्यरत छन् ।

बैंकले यो वर्ष र दुई वर्ष अघि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो भने गत वर्ष अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो । रुपन्देहीको पर्यटन प्रवद्र्धनमा अहं भूमिका खेल्न सक्ने प्रदेशको पहिलो केबलकार भएकाले लुम्बिनी केबलकारसंग व्यवासायिक सहकार्य गरिएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?