![सहमतिमा संविधान संशोधन जरुरी : नेता केसी](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/arjun-narasingha-kc.jpg)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आइसिसी टी-२० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भएको टिप्पणी गर्नुभएको छ । सोमबार ललितपुरमा सिजी फुड्स नेपाल लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको हो ।
उहाँले नेपाल १० वर्षको अन्तरालपछि टी-२० विश्वकप खेलिरहेको तर एउटा खेल हारेसँगै क्रिकेट टिमप्रति धेरै विश्लेषक बढेको बताउनुभयो । उहाँले अझै तीनवटा खेल बाँकी रहेको र नेपाली टिमले राम्रो खेल्ने बताउनुभयो । उहाँले नेपाल क्रिकेटप्रतिको चासो र माया बढ्नु राम्रो रहेको बताउनुभयो । उहाँले नेपाली क्रिकेट धेरै संघर्षबाट यस स्थानमा आइपुगेको भन्दै क्रिकेटप्रतिको आशासँगै वास्तविकतामा बसेर विश्लेषण गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल विश्वका नम्बर वान देशहरूसँग खेलिरहेकाले एउटा खेलबाट मूल्यांकन नगर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘लगभग १० वर्षको अन्तरालपछि हामी अहिले टी-२० विश्वकप खेलिरहेका छौँ । तीनवटा म्याच बाँकी छ । फस्र्ट म्याचको रिजल्टपछि अलिकति हामी धेरै नै सबैजना क्रिकेट टिमप्रति धेरै नै विश्लेषकहरूको वृद्धि भएको छ । नेपाल क्रिकेटप्रतिको चासो र माया बढेको र त्यससँगै आशा पनि धेरै नै बढेको छ । तर, मेरो विनम्र अनुरोध यो छ कि नेपाली क्रिकेट धेरै नै संघर्ष गरेर यहाँसम्म आइपुगेको हो ।
धेरै मान्छेहरूको सहयोगले यो स्थितिसम्म आएको छ । आशासँगै रियालिटीमा बसेर नेपाल विश्वकप खेल्दैछ । नेपाल विश्वका नम्बर वान देशहरूसँग खेल्दैछ । खेलाडीहरूले दिलोज्यान लगाउनुभएको छ । क्यानले जे गर्न सक्थ्यो । त्यो गरेको छ । हामी सकारात्मक सोचका साथ अघि बढौँ ।’
उहाँले खेलाडीहरूका लागि क्यानले सक्ने जति सबै गरेको भन्दै सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच