स्प्यारोका सिइओ थापा पुरस्कृत

Read Time = 2 mins

काठमाडौं । जानकी टेक्नोलोजी, स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापा(सिइओ)लाई जालन्धरको लभ्ली प्रोफेसनल युनिभर्सिटी(एलपियु)मा व्यावसायिक उत्कृष्टता पुरस्कार प्रदान गरिएको छ । पुरस्कार आमआदमी पार्टी (आप) भारतका राज्यसभा सांसद अशोक मित्तल र एलपियुका कुलपति रश्मी मित्तलले प्रदान गर्नुभएको हो ।

व्यावसायिक उत्कृष्टता पुरस्कारले आफ्नो क्षेत्रमा असाधारण योगदान पुर्‍याएका व्यक्तिलाई मान्यता दिन्छ । थापालाई प्राविधिक तथा दूरसञ्चारको व्यावसायिक उत्कृष्टताका लागि सम्मान गरिएको हो । थापाले सन् २०१५ मा एलपियुबाट मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन गर्नुभएको थियो ।

२०२२ मा जानकी टेक्नोलोजीको स्प्यारो एसएमएसमा प्रवेश गर्नुभएको थियो । थापाले भन्नुभयो, ‘प्रोफेसनल एक्सिलेन्स अवार्ड पाउँदा म सम्मानित छु, यो मान्यता जानकी टेक्नोलोजीको स्प्यारो एसएमएसमा सम्पूर्ण सदस्यको कडा परिश्रम र समर्पणको प्रमाण हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?