![परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच भेटवार्ता](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Narayankaji-shrestha-and-sunbeitong.jpg)
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकारले नीति तथा कार्यक्रम उपयुक्त नभएको दाबी गर्नु भएको छ ।
आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वतमान मुख्यमन्त्री समेत रहेका शाहले नीति तथा कार्यक्रम उपयुक्त नभएको तर्क गर्नुभएकाे हाे ।
‘हामीले व्यक्तिगत फर्मलाई पैसा नहाल्ने प्रयास गरेका थियौँ तर, त्यो नीति तथा कार्यक्रममा आएका छन्’ उहाँले भन्नुभयो ‘खल्तीका आयोजना हाम्रो नेतृत्वको सरकारले सृजना गरेको होइन आज पनि त्यहि भइरहेको छ । हामी त्यसको विरोध गर्छाै।’
बिचौलियाको बिगबिगी बढेको भन्दै उहाँले बिचौलिया केन्द्रित बजेट आए पास गर्न नदिने बताउनु भयो । उहाँले संघीय अनुदान कम आएको बेला सरकारले बढी बजेट ल्याउन खोजेर आर्थिक भार थप्न खोजेको भन्दै त्यसको विरोध गर्नुभयाे । ‘बजेट बनाउने काम पार्टीका कार्यकर्ता र सचिवालय गरेको भन्ने सुनेको छु यो दुर्भाग्य हो । उहाँले कर्मचारीहरूलाई विधि प्रक्रियामा रहेर अगाडी बढ्न पनि आग्रह गर्नुभयो ।
शाहले सरकारले गलत काम गरिरहेको भन्दै तत्काल सच्चिनुपर्ने बताउनु भयाे। ‘५४ दिनमा सरकारले पूर्णता पाएको छ। आज मन्त्रालय भन्दा बढी मन्त्री छन् । सुदूरपश्चिमको लागि दुर्भाग्य हो । मन्त्रालय फुटाउने काम गरिँदै छ भन्ने सुन्दै छु’ उहाँले भन्नुभयो, ‘सरकार जोगाउन यो प्रदेशलाई आर्थिक भार थप्ने कुराको कांग्रेसले विरोध गर्छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच