काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भरत ताल निर्माणमा ३० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा नगरप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मंगलबार बागमती नगरपालिकाका (हाल निलम्बित) नगर प्रमुख भरतकुमार थापा, नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बागमती नगरपालिका वडा नम्बर ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता उजुरी आयोगमा परेको थियो ।
सोही उजुरीका आधारमा अनुसन्धान हुँदा ताल निर्माणमा उनीहरूले ३० करोड २९ लाख ३४ हजार ८९६ रुपैयाँ अनियमितता गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि २८ चैतमा पनि अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाे थियाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच