राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टाचार बढेको भन्दै खारेज गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भएको भ्रष्टाचार कारण राष्ट्रपतिको बद्नाम भएकाले उक्त कार्यक्रम खारेज गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले उक्त कार्यक्रम खारेज गरी दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हवाई उद्वार गर्ने जिम्मा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिन उपयुक्त हुने बताउनु भयो ।

उहाँले पछाडि पारिएका महिला कामदार वर्गका महिलालाई प्राथमिकतामा राखेर शिक्षा र स्वास्थ्य सेवा निशुल्क तथा रोजगारीको व्यवस्था गरेर मात्रै सरकारी कार्यालयमा अडिट गराउनु पर्ने बताउनु भयो । उहाँले खुला सिमाना भएर चेलीबेटी बेचबिखन हुने भएकाले दुवै देशको हितको लागि खुला सीमा बन्द गर्न सरकारले पहल गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा हुने भ्रष्टाचारको कारण राष्ट्रपतिको बदनाम हुँदा यो कार्यक्रम खारेज गरी दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हवाई उद्वार गर्ने जिम्मा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिने र पछाडि पारिएका महिला कामदार वर्गका महिलालाई प्राथमिकतामा राखेर शिक्षा र स्वास्थ्य सेवा निःशुल्क तथा रोजगारीको व्यवस्था गरेर मात्रै सरकारी कार्यालयमा अडिट गराउनु पर्ने । खुला सीमाना भएर चेलीबेटी बेचबिखन हुने भएकाले दुवै देशको हितको लागि खुला सीमा बन्द गर्ने, महिलाको पाठेघरको क्यान्सर रोक्ने खोप देशभर उपलब्ध गराउने,सुर्तीजन्य र मदिरा जन्य पदार्थ पूर्ण रोक लगाउने ,आगामी दुई वर्षभित्र सडक बालबालिका शून्य बनाउन आवश्यक छ ।’

उहाँले महिलाको पाठेघरको क्यान्सर रोक्ने खोप देशभर उपलब्ध गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी दुई वर्षभित्र सडक बालबालिका शून्य बनाउन माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?