सिरहा । बालिका बलात्कार गरेको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेको छ। १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका ४ का २१ वर्षीय रोहित दासविरुद्ध ईलाका प्रहरी कार्यालय गोलबजारमा जाहेरी परेको हो। आरोपी भने फरार छन्।
विद्यालयबाट फर्किने क्रममा बाटोबाटै ललाईफकाई र डर त्रास देखाएर गागन खोला किनारमा रहेको लहरीवारीमा पुर्याएर बिहीबार राति दासले बालिकालाई बलात्कार गरेको आफन्तले जनाएको छ।
आफन्त र परिवारका सदस्यले विद्यालय गएका छोरी नफर्केपछि खोज तलास सुरु गरेका थिए। खोज लागसगर्दा पनि फेला नपरेपछि प्रहरीलाई खबर गरेको बालिकाका आफन्तले बताए। खोजीकै क्रममा शनिबार बिहानमात्र गोलबजार ४ को एउटा निर्माणाधीन घरमा आफन्तले फेला पारेका थिए ।
प्रहरीसामु घटनाबारे बालिकाले बताउन नसक्दा शनिबार उजुरी दर्ता हुन सकेन । तर, बालिकाले आफन्तसामु घटनाबारे सबै बताएकी थिइन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले सोमबार जाहेरी दर्ता भईसकेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘हिजो हामीसँग बालिका खुलिनन्, आज आफन्तलाई घटनाबारे सुनाएपछि उहाँहरुकै सहयोगमा प्रहरीकोमा जाहेरी दर्ता भईसकेको छ, आजै स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।’
प्रहरीले घटनाबारे थप अनुसन्धानई भईरहेको र घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ।
- मुकेशकुमार यादव
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच