साहित्यकारहरू माझ ‘निरमाया’ को विशेष शो

Read Time = 2 mins

काठमाडौं । साहित्यकारका लागि ‘निरमाया’ को विशेष शो प्रदर्शन गरिएको छ । नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा आइतबार निरमायाको विशेष प्रदर्शन गरेको हो । चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछूतको विषय समेटिएको छ ।

समान र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनिचको फरक हटाउनुपर्ने जस्ता विषयलाई चलचित्रमा देखाइएको छ । कला र सीपको राम्रो संयोजन रहेको यो चलचित्रमा महिला-पुरुष दुई जातिमात्र रहेको र सबैको रगत रातो हुने सन्देश दिइएको छ । चलचित्रको कथा मनछुने मार्मिक र सन्देशमूलक छ ।

अनन्तप्रसाद तिमल्सिना प्रस्तुतकर्ता रहेको चलचित्रमा रमेश कोइरालाको निर्देशन छ । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुनुहुन्छ । चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, अनीता केसी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायत कलाकारको मुख्य भूमिका छ । चलचित्रमा रामकुमार केसीको कथा र अजित लामिछानेको लेखन छ ।

रवि कोइराला र जीवन पराजुलीले छायांकन गरेको चलचित्रमा सम्पादन उत्तर रानामगर र तारा थापा किम्भेको छ भने कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व, कमल अधिकारी, रिमेश कुमारको संगीत छ । बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायांकन सिन्धुली, काभ्रे र रामेछापलगायत ठाउँमा गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?