दाङ । अत्याधिक गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि दाङका पालिकाहरुले पुनः दुइ दिन विद्यालय बन्द गरेका छन् । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका लमही नगरपालिका तथा शान्ति नगर गाँउपालिकाले जेठ ३१ र ३२ गते विद्यालय बन्द गर्ने निर्णय गरेका छन ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीका अनुसार विद्यार्थीहरुमा स्वास्थ्य समस्या आएको गुनासो आएपछि विद्यालय बन्द गरिएको हो । उहाँका अनुसार बर्षे विदाबाट कटौति हुने गरि गर्मी विदा गरिएको हो । उक्त दुई दिनको बिदालाई आगामी साउन महिनाको १७ र १८ गतेको बर्षेविदामा विद्यालय खोल्ने गरि विदा दिईएको जानकारी पालिकाहरुले गराएका छन ।
गर्मिका कारण तुलसीपुर ११ स्थित अमर मावि उरहरीका विद्यार्थीहरु एक्कासी बेहोस भएका छन् । कक्षा ८ मा पढ्ने पाँच जना र कक्षा ९ मा पढ्ने एक जना विद्यार्थी एक्कासी बेहोस भएका हुन् ।
गर्मीकै कारण उनीहरुमा स्वास्थ्यमा समस्या आएको उरहरी स्वास्थ्य चौकीका प्रमुख चित्रबहादुर वलीले बताउनुभयो । उहाँका अनुसार विरामीहरु बेहोस भएपछि विद्यालयमै पुगेर स्वास्थ्य जाँच गरिएको थियो । सबै विद्यार्थीमा गर्मीकै कारण यस्तो समस्या देखिएको उहाँले वताउनुभयो । गर्मीमा खानपिनमा ध्यान नदिदा पनि यस्तो समस्या देखिएको हुुन सक्ने उहाँले वताउनुभयो । विद्यार्थीहरुमा बान्ता आउने, पिसाबमा समस्या हुने, टाउको दुख्ने समस्या देखिएको थियो ।
दाङमा बुधबार फेरि ४०.२ डिग्रि सेल्सियस तापक्रम भएको छ ।
यस बर्ष दाङमा पनि १२ बर्ष अघिको रेकर्डलाई तोडिरहेको छ । १७ जेठमा पनि ४०.२ डिग्रि तापक्रम थियो । १२ बर्षयता दाङमा ४० डिग्रि सेल्सियस तापक्रमलाई पार गरेको थियो । तर, यस बर्ष त्यसलाई पार गरेको छ । १२ बर्ष अघि २०६९ जेठ ३२ गते भने ४१ डिग्रि सेल्सियस तापक्रम पुगेको थियो । दाङमा निकै गर्मीले गर्दा जनजिवन प्रभावित बनेको छ ।दाङको न्यूनतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ । दाङमा घोराहीलाई केन्द्र मानेर तापक्रम मापन हुने गरेको छ । नेपालको पूर्वी भागमा मनसुन भित्रिएको भएपनि त्यो पश्चिम आइपुग्न अझैं एक दुई दिन लाग्न सक्ने अनुमानहरु गरिएका छन् । लामो समयको खडेरी र उच्च तापमानका कारण दिउँसोमा तातो हावा लु चल्न थालेको हुँदा सामान्ने जनजीवन कष्टकर बनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच