न्यूयोर्क । बाइडेन प्रशासनले चीनबाट आयात हुने विद्युतीय सवारीसाधनमा उच्च कर लगाएर ‘ठूलो गल्ती’ गरेको चीनका लागि अमेरिकी पूर्वराजदूतले टेरी ब्रान्स्टाडाले बताउनुभएको छ । पूर्वराजदूत ब्रान्स्टाडले अमेरिकास्थित सम्पत्ति व्यवस्थापन कम्पनी क्रेनशेयर्सले आयोजना गरेको वेबिनारमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै चिनियाँ विद्युतीय सवारीसाधनमा असाधारण करको घोषणा गर्नु गलत भएको बताउनुभएको हो ।
सन् २०१७ देखि २०२० सम्म चीनमा कार्यरत ब्रान्स्टाडले भन्नुभयो, ‘मलाई लाग्छ बाइडेनको यो ठूलो गल्ती थियो र ट्रम्पको अभियानले वास्तवमै त्यसैमा ध्यान केन्द्रित गर्ने प्रयास गर्नेछजस्तो मलाई लाग्छ ।’ कुल ६ कार्यकालको लागि आयोवा गभर्नरको रूपमा सेवा ब्रान्स्टाडले भन्नुभयो, ‘यो कदमले बाइडेनलाई अभियानमा घाटा लाग्नेछ । उहाँको विद्युतीय वाहनसम्बन्धी जनादेश उपभोक्ताहरूसँग लोकप्रिय छैन ।’
उहाँले थप्नुभयो, ‘उपभोक्ताहरू विकल्प चाहन्छन्, बाइडेनले अमेरिकामा विद्युतीय सवारीसाधनमा ध्यान केन्द्रित गरेर र अनिवार्य गर्ने प्रयास मा ‘ठूलो गल्ती’ गर्नुभयो ।’
ब्रान्स्टेडका अनुसार दुर्लभ खनिजहरूको पहुँचका कारण चीनले र अमेरिकाको तुलनामा धेरै कम लागतमा विद्युतीय सवारीसाधन उत्पादन गर्न सक्छ । चीन र अमेरिकाबीच व्यापारिक सम्बन्ध कायम राख्नु अत्यन्त महत्वपूर्ण रहेको ब्रान्स्टेडले बताउनुभयो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच