कुवेतमा भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुग्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । कुवेत शहरको दक्षिणी भागमा रहेको मङ्गाफ क्षेत्रमा रहेको एक आवासीय भवनमा बुधवार बिहान भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ । कुवेतका अमिर शेख मिशाल अल-अहमद अल-जाबेर अल-सबाहले आगलागीको कारणको बारेमा तुरुन्त अनुसन्धान गर्न आदेश दिनुभएको र जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

अमिर, युवराज शेख सबाह अल-खालेद अल-सबाह र प्रधानमन्त्री शेख अहमद अल-अब्दुल्लाह अल-सबाहले पीडित परिवारलाई शोक सन्देश पठाउनुभएको छ । कुवेतका प्रथम उपप्रधानमन्त्री, रक्षामन्त्री र आन्तरिक मन्त्री शेख फहाद युसुफ अल-सबाहले फरेन्सिक प्रमाण टोलीले आफ्नो अनुसन्धान पूरा नगरेसम्म भवन मालिक सहित संलग्न व्यक्तिहरूलाई हिरासतमा राख्न आदेश दिनुभएको छ ।

यस्तै दुर्घटना हुन नदिन निर्माण क्षेत्रमा हुने उल्लङ्घनलाई सम्बोधन गरी सम्बोधन गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशनसमेत दिनुभयो । स्रोतकाअनुसार भवनभित्र करिव १६० जना कामदार रहेका थिए । ज्यान गुमाउनेमध्ये धेरै भारतीय नागरिक छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?