![तामाकोशीको पुल निर्माणमा ढिलासुस्ती](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/tamakoshi.jpg)
काठमाडौं । आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकालाई पाखा लगाउँदै भारत विजयी भएको छ । अमेरिकाको न्युयोर्कमा बुधबार राती सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको हो । लगातार तेस्रो जित हात पारेको भारत समूह ‘ए’ बाट सुपर आठमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । समूहमा रहेको अमेरिका तीन खेलबाट चार अंकसहित दोस्रो स्थानमा छ । पाकिस्तान र क्यानडाको समान दुई अंक छ । आयरल्याण्डले अंक खाता खोल्न सकेको छैन । अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले १८ दशमलब ३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
जारी विश्वकपमा भारतले अमेरिकालाई हराएपछि सुपर ८ बाट बाहिरिने जोखिममा रहेको पाकिस्तानलाई फाइदा भएको छ । अमेरिकाको हारसँगै पाकिस्तानको अर्को चरणमा पुग्ने आशा कायमै रहेको छ । मंगलबारसम्म समूह ‘ए’ मा भारत र अमेरिकाको चार-चार अंक थियो । बुधबार भएको खेलमा भारतले जित हात पार्दै ६ अंक जोड्दै सुपर ८ मा प्रवेश गरेको हो । अमेरिकाको अन्तिम खेल १४ जुनमा आयरल्याण्डसँग हुनेछ । यदि अमेरिका यसमा पनि हार्यो भने टोली चार अंकमा रोकिनेछ र यसले पाकिस्तानलाई फाइदा पुग्नेछ ।
पाकिस्तानको दुई हार र एक जितबाट दुई अंकमात्र छ । टोलीको अन्तिम खेल १६ जुनमा आयरल्याण्डसँग हुनेछ । यो जितसँगै पाकिस्तानको पनि अमेरिकासँग चार अंक बराबर हुनेछ । यो अवस्थामा राम्रो रन रेट भएको टोली सुपर ८ मा पुग्नेछ ।
पाकिस्तानको खेल अमेरिकाभन्दा पछि हुनेछ । अमेरिका र पाकिस्तानसँग पराजित भए पनि क्यानडाले आयरल्याण्डलाई हराएको थियो । जसका कारण क्यानडाको खातामा दुई अंक छ । टोलीको अन्तिम खेल भारतसँग छ, जित्न गाह्रो हुनेछ तर छनोट हुन क्यानडालाई ठूलो अन्तरले जित्नुपर्नेछ । आयरल्याण्डले आफ्नो पहिलो दुई खेल भारत र क्यानडासँग हारेको छ । टोलीको दुई खेल बाँकी छ, यदि टोलीले सुपर-८ मा पुग्ने हो भने दुवै खेल ठूलो अन्तरले जित्नुपर्नेछ ।
वेष्ट इण्डिज पनि सुपर-८ मा
न्युजिल्याण्डविरुद्ध १३ रनको जित निकाल्दै आयोजक वेष्ट इण्डिज आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर-८ मा प्रवेश गरेको छ । जितसँगै समूह ‘सी’ को वेष्ट इण्डिजले तीन खेलमा ६ अंक जोडेको छ । वेष्ट इण्डिजको यो लगातार तेस्रो जित हो । दुवै खेलमा पराजित न्युजिल्याण्ड अंकविहीन छ । यसअघि भएका खेलमा वेष्ट इण्डिजले युगाण्डा र पपुवा न्युगिनीलाई पराजित गरेको थियो । न्युजिल्याण्डको भने यो दोस्रो हार हो । यसअघि अफगानिस्तानसँग पराजित भएको थियो ।
ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा बिहीबार बिहान वेष्ट इण्डिजले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १३६ रन बनाउन सक्यो ।
समूह ‘सी’बाट सुपर-८ मा पुग्ने अर्को टोलीको भने टुंगो लाग्न बाँकी छ । समूहमा दुई खेलबाट चार अंकका साथ अफगानिस्तान दोस्रो, तीन खेलबाट दुई अंक जोडेको युगाण्डा तेस्रो स्थानमा र दुई/दुई खेल खेलेर अंक जोड्न नसकेका पपुवा न्युगिनी र न्युजिल्याण्ड क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका छन् । यसअघि दक्षिण अफ्रिका, अस्ट्रेलिया र भारतले अर्को चरणमा स्थान पक्का गरिसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच