आज विश्व रक्तदाता दिवस : रक्तसञ्चार सेवालाई व्यवस्थित बनाउन माग

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । विविध कार्यक्रमको आायेजना गरी आज विश्व रक्तदाता दिवस मनाइएको छ ।

हरेक वर्ष १४ जुनमा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । सोही अनुसार आज ‘रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद’ भन्ने मुल नारासहित विश्व रक्तदाता दिवस मनाइएको हो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटीले पनि काठमाडौं रक्तदानका कार्यक्रम आयोजना गरेर विश्व रक्तदाता दिवस मनाएको छ । कार्यक्रमका बारेमा जानकारी दिँदै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले देशको करिव ११९ भन्दा बढी रक्तसञ्चार केन्द्रहरुमार्फत सेवा प्रदान गरिरहेको बताउनु भयो ।

उहाँले कानूनी, संवैधानिक, स्वास्थ्यका मौलिक विषय र अधिकारहरु राज्यको तर्फबाट सुनिश्चित गरिएअनुसार त्यसमा रेडक्रसले पनि सहयोग गरिरहेको बताउनु भयो । उहाँले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले रक्तसञ्चार सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्नुपर्ने बताउनु भयो । उहाँले रेडक्रसले आफ्ना श्रोत साधन पनि व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले रगतको सेवाका बारेमा राज्यले पनि दीर्घकालीन नीतिहरु निर्माण गर्न अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल रेडक्रस सोसाइटीले देशको करिव ११९ भन्दा बढी रक्तसञ्चार केन्द्रहरुमार्फत हामी हाम्रा सेवा बिस्तार गरिरहेका छौँ । अहिले खासगरी राज्यको पुनः संरचना भइसकेपछि मानव जीवन जस्तो कुरा कति कुरा यसको कानूनी हिसावले, संवैधानिक हिसावले मान्छेको स्वास्थ्यका मौलिक विषय र अधिकारहरु राज्यको तर्फबाट त्यसको सुनिश्चित गरिएको छ । सबै तहको सरकार, खासगरी स्थानीय सरकार, प्रदेश सरकारले पनि रक्तसञ्चार सेवालाई थप व्यवस्थित गर्न आवश्यक छ । समयानुकुल नीतिगत व्यवस्था र प्रणाली आत्मसाथ गर्दै समायानुकुल विश्वव्यापी नयाँ प्रविधिको प्रयोग गर्न आवश्यक छ ।’

उहाँले नेपाल रेडक्रस सोसाइटीले प्रदर्शनीमार्गस्थित रक्तसञ्चार सेवाहरु प्रदान गरिरहेको बताउनु भयो । स्थानीय, प्रदेश र केन्द्र सरकारले विश्व रक्तसञ्चार नीति आवश्यक परिमार्जन र व्यवस्थित गर्न आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?