![शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैन : मन्त्री बुढा](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/dhan-bahadur-budha.jpg)
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई समावेशी बनाउन र राष्ट्रिय चरित्रको बनाउन पदाधिकारी र सदस्यहरु सर्वसम्मत गर्ने बन्द सत्रले आफुलाई एकाधिकार दिएकोे बताउनुभएको छ ।
जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष यादवले निर्वाचन हुँदा मुख्य आधार क्षेत्र मधेशको मात्र प्रतिनिधि अधिकांश आउन सक्ने देखेपछि राष्ट्रिय रुपमा अगाडि बढेको पार्टीको चरित्र सार्थक गर्न र समाबेशी टिम बनाएर जानुपर्ने म्यान्डेड अनुसार बाँकी पदाधिकारीहरुको समेत सहमतिबाटै लगाइनु पर्ने आवाज नेता कार्यक्रताहरुको उठेपछि यस्तो निर्णय गरिएको बताउनु भयो ।
मधेश र मधेशीसहित पिछडिएका वर्ग समुदायलाई उपनिवेशबाट मुक्त गर्न र हक अधिकार दिलाउन अग्रसर पार्टी जसपा माथि अनेकपटक विभिन्न प्रहार भएपनि बहादुर नेता कार्यकर्ता बचाउन सफल भएको भन्दै महाधिवेशनको बन्द सत्रको निर्णय पनि त्यसैको एउटा प्रमाण रहेको उहाँको तर्क थियो ।
निर्वाचन भएको अवस्थामा मधेश र त्यसमा पनि केहि सीमित जातिको मात्र पदाधिकारी र सदस्यहरु निर्वाचित भएर पार्टी पुनः फुट्न गई पार्टीको भविष्य धुमिल हुने सम्भावना देखेर जसपा नेपालका शीर्षनेताहरु निर्वाचनमा जान हिच्किचाएपछि निर्वाचन स्थगित भएको हो ।
यादवले छिट्टै समाबेशी आधारमा पदाधिकारी र सदस्यहरुको चयन गरि कार्यसमिति चयन हुने बताउनु भयो ।
-पुरन साह
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच