![गुणकारी अमला](https://ehimalayatimes.com/wp-content/uploads/2022/12/Amala.jpg)
बर्लिन । जर्मन क्लब बोरुसिया डर्टमन्डका प्रशिक्षक एडिन टेर्जिकले क्लब छाड्नुभएको छ । डर्टमन्डका अनुसार टोर्जिकले आपसी सहमतीमै क्लब छाड्नुभएको हो । उहाँले सन् २०२२ देखि डर्टमन्डको प्रशिक्षण सम्हाल्नुभएको थियो ।
त्यसअघि टोर्जिकले सन् २०२० देखि एक वर्ष आन्तरिम प्रशिक्षकका रूपमा पनि काम गर्नुभएको थियो । टोर्जिकको प्रशिक्षणमा डर्टमन्डले यस सिजनको च्याम्पियन्स लिग फाइनल खेलेको थियो । जर्मन बुन्डेसलिगामा क्लब पाँचौं स्थानमा रहेको थियो ।
टेर्जिकको प्रशिक्षणमा डर्टमण्ड युरोपियन च्याम्पियन्स लिग २०२३-२४ को फाइनलमा पुगेको थियो । तर, वेम्बलीमा भएको फाइनलमा डर्टमण्ड रियल मड्रिडसँग पराजित भएको थियो । ४१ वर्षीय टेर्जिकले वेम्बलीमा भएको खेलपछि क्लबको सिनियर अफिसियलसँग आफूले छलफल गरेको र डर्टमण्डमा सबैखाले भूमिकामा गरी नौ वर्ष बिताएपछि क्लबमा नयाँ युगको सुरुवात हुनुपर्ने महसुस भएको बताउनुभएको थियो ।
उहाँले डर्टमण्डको सफलताको शुभकामना व्यक्त गर्दै फेरि भेट्ने बताउनुभएको छ । टेर्जिकले सन् २०१० मा डर्टमण्डको एकेडेमीबाट कोचिङ करियर सुरु गर्नुभएको थियो । २०१३ पछि उहाँ टर्किस क्लब बेसिकटासमा स्लाभेन बिलिचको सहायकको रूपमा काम गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच