ओप्पोको नयाँ स्मार्टफोन ‘ओप्पो ए ७८’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ओप्पोको नयाँ स्मार्टफोन ‘ओप्पो ए ७८’ नेपाली बजारमा आएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबीच ओप्पोले ‘ए’ सिरिजको पछिल्लो फोरजी स्मार्टफोन सार्वजनिक गरेको हो । क्वालकम स्न्यापड्रागन ६८० चिपसेट रहेको फोनमा आठ जिबी र्‍याम र २५६ जिबी इन्टरनल मेमोरी रहेकोे छ भने फोनको मेमोरी एक टिबीसम्म बढाउन मिल्छ । ३३ हजार रुपैयाँ मूल्य तोकिएको ओप्पोको पछिल्लो स्मार्टफोनले प्रयोगकर्तालाई प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ ।

फोनमा ९० हर्ज रिफ्रेस रेट भएको ६.४ इन्च फुल एचडी प्लस एमोलेड डिस्प्लेका साथै ५० मेगापिक्सेलको मुख्य क्यामेरा, दुई मेगापिक्सेलको डेप्थ सेन्सरसाथमा आठ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । ६७ वाटको सुपरभुक चार्जिङसहित पाँच हजार एमएएचको ब्याट्री रहेको छ । ब्याट्री करिब ४४ मिनेटमै शतप्रतिशत चार्ज हुने दाबी गरिएको छ । ६ अगष्टसम्म प्रि-बुकिङ र ७ अगष्टदेखि बिक्री हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?