मुगुमा आगलागीबाट एक घर जलेर नष्ट

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 3 mins

मुगु । शुक्रबार राती मुगुको एक होटलमा आगलागी हुँदा मालसामानसहित ३ तलाको पुरै घर जलेर नष्ट भएको छ ।

तीन तलाको कच्ची घरमा राती १० बजेको समयमा एक्कासी आगलागी हुँदा छायाँनाथ रारा नगरपालिका वडा नं ३ लामाचौरमा हाेटल ब्यवसाय सन्चालन गर्दै आउनु भएका लाल चन्द भण्डारीको पुरै घर जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

राती आगो लाग्ना साथ नेपाली सेना , नेपाल प्रहरी, नगर प्रहरी, बजार बासीका साथै तली र माथी तुम गाउँका स्थानीयले आगो नियन्त्रण गर्ने प्रयास गरेका थिए ।

रातीको समय भएकाले आगो नियन्त्रण गर्न मुस्किल परेको र राती २ बजे मात्र आगो नियन्त्रणमा आएको मुगुका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले बताउनु भयो ।

आगलागीबाट के कति धनमालको क्षति भयो त्यसको बिवरण आउन बाँकी रहेको पनि प्रनाउ थापाले बताउनु भयो । सुख्खा खडेरी र प्रयाप्त पानीको श्रोत नभएका कारण जती प्रयास गरेपनि समय मै आगो नियन्त्रणमा ल्याउन नसकिएको माथि तुम गाउँका स्थानिय प्रकाश भण्डारी बताउनु हुन्छ ।

घर भित्र भएका, भाँडा कुडा, लत्ता कपडा अन्न लगायतका माल सामानहरू जलेर खरानी भएका छन् । आगलागी भएको स्थान गमगढीबाट करिब १ घण्टा उकालो पैदल दुरीमा पश्चिम रारा ताल जाने बाटोमा पर्दछ । घर जलेर खरानी भएपछि लाल चन्द भण्डारीको परिवार घर बिहीन भएका छन् । भण्डारीको परिवार यो घरमा डाफे होटल नामक होटल संचालन गरेर लामो समय देखि स्थायी रुपमा बस्दै आएका थिए ।

आगलागी पीडित भण्डारी परिवारलाई आवश्यक खाद्यान्न,लत्ताकपडा,आवाससहित अन्य आवश्यक सामानहरुको सहयोग गरिदिन मनकारी व्यक्ति, संघ, संस्था र सरकारी निकायहरुसंग नेपाल रेडक्रस सोसाइटी मुगु शाखाका सभापति जयबहादुर मल्लले आग्रह गर्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?