नवलपरासीकाे न्यू लाइफ माविका सोयम पाण्डेले ल्याए ४ जिपिए

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको न्यु लाइफ माध्यामिक बिधालयका छात्र सोयम पाण्डेले एसईईको नतिजामा ४ जीपीए ल्याउन सफल भएका छन् ।

६३ जना विद्यार्थीले एसईई दिएकामा ७ जनाले ३.६५ जिपिए भन्दा माथि अर्थात ए प्लसल्याएका छन् । १३ जनाले ए, २३ जनाले बी प्लस, २० जनाले बी ग्रेड सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका विद्यालयका प्रीन्सिपल सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

अधिकारी भन्नुहुन्छ- 'हाम्रो विद्यालयको बिगत देखिकै उत्कृष्ट नतिजा हो जुन यस वर्ष पनि कायम छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई आइतबार सम्मान गर्नेछौं ।'

पाण्डेले प्राप्त गरेको अंक लुम्बिनी प्रदेश कै सर्बोउत्कृष्ट अंक रहेको विद्यालयले दावि गरेको छ । लुम्बिनी प्रदेशमा ४ वटा विद्यालयले फोर जिपिए ल्याए विद्यालय स्रोतको दाबी छ ।

पाण्डे पढाइ लेखाइमा मात्र नभै विद्यालय स्तरमा हुने अतिरिक्त क्रियाकलाप उत्कृष्ट रहेका छन् । आफ्ना हजुरबुबा र बुवाको साथमा भेटिएका पाण्डेले यो सफलता प्राप्त गर्दै विद्यालयको समेत नामराख्न सफल भएकोमा आफ्नो घर परिवार र विद्यालय परिवार प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

त्यसैगरी हजुरवावा डालाराज पाण्डेले आफ्ना तिनै जना नातीनातीनाहरुले समेत न्यू लाईफमा अध्ययन गरेकै कारण नै उत्कृष्ट नतिजा प्राप्त गरेको भन्दै विद्यालय परिवारलाई धन्यवाद प्रकट गर्नु भएको छ ।

त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक डिबि अधिकारीले सबैको साथ र सहयोगका कारण शैक्षिक क्षेत्रमा न्यू लाईफले छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?