बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा एक दिने कृषि मेलाबाट हजारौं किसानले फाइदा लिएका छन् ।
उन्नत प्रविधिमा पहुँच बढाई कृषिमा व्यवसायीकरण गरौं भन्ने मुल नाराका साथ आयोजना गरिएको एक दिने कृषि मेलाबाट किसानले फाइदा लिने अवसर पाएका हुन् ।
सो एक दिने कुषि मेलामा कृषि उत्पादन, कृषि सामाग्री , आधुनिक कृषि यन्त्र उपकरणको विषयमा पनि जानकारी गराइएको थियो । शिविरमा २ सय जना किसानको निशुल्क रुपमा माटो परिक्षण गरिएको थियो । साथै वाली उपचारबाट पनि किसानले फाइदा लिएको मधुवन नगरपालिका कृषि शेवा शाखाका प्रमुख एकराज ओलीले जानकारी दिनुभयो ।
किसानलाई मौसमी बाली रोग, बजार भाउ सम्बन्धि परामर्स, स्थानिय उत्पादन तथा व्यवस्थापनका विषयमा पनि जानकारी गराइएको थियो । मधुवन नगरपालिका, नेपाल उद्योग बाणिज्य महासंघ, कृषि उद्यम केन्द्रको सहकार्य , अमेरिकी सहयोग नियोगको सहयोगमा नेपाल बिउ तथा मल परियोजना सिमिटले सो एक दिने कृषि मेलाको आयोजना गरेको थियो ।
सो अवसरमा मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाट, एकीकृत कुषि तथा पशुपक्षि विकास कार्यालयका प्रमुख सागर ढकाल, कृषि विज्ञ कृषि उद्यम केन्द्रका डिल्ली पौडेल, सिमिटका डाक्टर नारायण प्रसाद खनाल, कृषि उद्यम केन्द्रका राजकुमार कार्की र कृषि बोर्ड केन्द्रका सदस्य मनोज कुमार चपागाईले पनि किसानहरुलाई प्रविधि सगै बालि तथा व्यवस्थापनका विषयमा जानकारी गराउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच