![सकारात्मक लैङ्गिकता सम्बन्धी पत्रकारहरुसँग अन्तरक्रिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Kalikot-Journalist-Tarning-News.jpg)
चितवन । पूर्वी चितवनको रत्ननगरमा शनिबार समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम गरिएको छ ।
ईलाका प्रहरी कार्यालय रत्ननगरको आयोजनामा प्रहरीले सम्पादन गरिरहेका काम कारवाहीहरुको सम्बन्धमा सर्वसाधरण नागरिकलाई सुसुचित गराउने र स्थानीय स्तरबाट राय सुझाव लिई प्रहरीको कार्यसम्पादनलाई जनउत्तरदायी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्ष (डिएसपी) डा.हेम बहादुर केसी बताउनुभयो ।
कार्यक्रममा सहभागी नागरिक अगुवाहले प्रहरीको कार्यसम्पादन प्रति गुनासो र सुझाब दिनुभएको छ । कार्यक्रममा रत्ननगर र कालिका नगरपालिकाका जनप्रतिनिधिहरु, व्यवसायी, स्थानीय सामाजिक अगुवाहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले नदीजन्य पदार्थको दोहनमा प्रहरीको मिलेमतो रहेको, चोरी, लागुऔषधजन्य पदार्थहरुको ओसारपसार र प्रयोग नियन्त्रण गर्न नसकेको, प्रहरीले जनप्रतिनिधिहरुलाई नचिनेको, तस्करसंग सांठगांठ गरेको लगायतको प्रश्न उठाएका थिए । कार्यक्रममा रत्ननगर र कालिका नगरका नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति, चोरी तस्करी नियन्त्रण, लागू औषध दुव्र्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा प्रहरीको ध्यानाकर्षण गराए । कार्यक्रममा कालिकाका विकट क्षेत्रहरुमा प्रहरीको उपस्थिति शुन्य रहेको भन्दै नागरिक अगुवाहरुले चोरी, तस्करी, गुण्डागर्दी, लागुपदार्थको ओसारपसार र सेवन अत्याधिक रहेकाले नियन्त्रणमा ध्यान केन्द्रीत गर्न सुझब दिनुभएको छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले पूर्वी चितवन लागु पदार्थ ओसारपोसरको अखडा बनेको भन्दै प्रहरीले नियन्त्रणको लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो । पूर्वी चितवनमा लागु पदार्थको करोबरी र प्रयोगकर्ता बढ्दै गएको भन्दै बाहिरका तस्करहरुले समेत यसलाई कारोबार गर्ने सहज ठाउँको रुपमा लिने गरेको बताउनुभयो ।
सामाजिक विकृति विरुद्ध प्रहरीसंग हातेमालो गरेर काम गर्न स्थानीय सरकार तयार रहेको भन्दै मेयर सापकोटाले प्रतिफल प्राप्त गर्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उठेका जिज्ञाशाहरुको जवाफ दिंदै चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले समुदायकै अगुवाईमा समाजलाई शान्त र सुरक्षित बनाउन आफू सदैव तयार रहेको बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमल प्रहरी प्रशासनको गतिविधिलाई सुदृढ गर्ने र पारदर्शिता बढाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले रतननगर र कालिका नगर क्षेत्रमा सीसीटीभी राखिनुपर्ने स्थानहरुको पहिचान गरि सीसीटीभीको संख्यामा थप गरि निगरानी बढाइने बताउनुभयो । जनतालाई सहज सेवा प्रवाह गर्नका लागि नागरिकको गुनासोलाई सम्बोधन हुने गरी काम गर्ने भन्दै एसपी रिमालले नागरिकको गुनासो सुनेर सुधार गर्ने आश्वासन दिनुभयो । अपराधिक क्रियाकलाप नियन्त्रण गर्नको लागी चितवन प्रहरीले विशेष योजना बनाएर काम सुरु गरेको उल्लेख गर्दै रिमालले सिमित श्रोतसाधन र जनशक्ति अभावका कारण सोचेजस्तो प्रतिफल आउन नसकेको बताउनुभयो ।
शान्तिसुरक्षा स्थापनाको लागी प्रहरी मात्र नभएर, जनप्रतिनिधि र समुदायका हरेक तप्का सजक हुनुपर्ने उनको भनाई छ । कार्यक्रम ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले सहजीकरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच