मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)ले चौथो अन्तरराज्य भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । अन्तिम प्रतियोगितामा टेक्सास ड्यालसको सजनी क्लबले न्युयोर्कको रिजवुडलाई हराउँदै चौथो बाना कप अन्तरराज्य भलिबल प्रतियोगिताको उपाधि हासिल गरेको छ । सजनी क्लबले न्युयोर्कको रिजवुडलाई ३-१ ले हराउँदै चौथो बाना कप अन्तरराज्य भलिबल प्रतियोगितामा विजयी भएको हो ।
अन्तिम खेल बेस्ट अफ फाइभको आधारमा खेलाइएको थियो । खेलको सुरुवातमा रिजवुडले प्रथम खेलमा जित हासिल गरे तापनि दोस्रो खेल टेक्सासको सजनी क्लबले बाजी मारेपछि भिडन्त निकै प्रतिस्पर्धात्मक हुन गएको थियो । अन्त्यमा सजनीले तीन खेलमा बाजी मारेपछि बाना कपको उपाधि जितेको छ । यस वर्षसहित टेक्सास ड्यालसको सजनी दोस्रो पटक विजयी भएको छ ।
खेलको उद्घाटन बानाका अध्यक्ष सुबोध पन्तले गर्नुभएको थियो भने अन्तिम खेलको प्रतियोगितामा डिसीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख कुमारराज खरेलले पुरस्कार वितरण गर्नुभएको थियो ।
उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीलाई समेत पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता टोलीले ६ हजार डलर नगद, पदक तथा प्रमाणपत्रका साथै उपविजेता टोलीले तीन हजार ५०० डलर प्राप्त गरेका छन् ।
विगत वर्षमा आयोजना गरिएको जेसप मेरिल्याण्डमा प्रतियोगिताको आयोजना गरिएको थियो । चौथो बाना कप भलिबल प्रतियोगिताका लागि कुल १२ वटा खेल टोलीले सहभागिता जनाएका थिए भने महिलातर्फ दुई खेल टोली रहेका थिए । महिलाको खेल मैत्रीपूर्ण खेलाइएको प्रतियोगिताका संयोजक भीम केसीले जानकारी गराउनुभयो । बानाका सचिव हिरा खत्रीलगायतले खेल सफल बनाउन अहोरात्र खटिई ठूलो मेहनत गर्नुभएको थियो ।
अध्यक्ष पन्तले आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । प्रतियोगिताका द्वितीय विजेताका खेलाडीहरूलाई पुरस्कार वितरण कुलमणि आचार्य, जनक पौडेल, किरण पण्डित र गोविन्द सापकोटाले गर्नुभएको थियो । उद्घाटन र समापन समारोहमा महासचिव सागर घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
विगत वर्षहरूमा अत्यन्तै सफलताका साथ सम्पन्न गर्न सफल भएको बानाले यस वर्ष पनि उक्त प्रतियोगितालाई निरन्तरता दिएको हो । अमेरिकाभित्र बसोबास गर्ने नेपालीहरूबीच सद्भाव एवं खेलकुद विकासको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच