राज्यव्यवस्था भनेको नियम कानुन र अनुशासनका साथै सबै निरीहभन्दा पनि निरीह जनताको अभिभावक भएर रहेको हुन्छ । जसको कोही छैन त्यसको भगवान हुन्छ भनिने युगको अन्त्य गरेर जसको केही कोही छैन त्यसको राज्य नै रक्षक हुन्छ भन्ने अवधारणपछि दुनियाँमा राज्य र राजाको उत्पत्ति भएको थियो । राजा आफूखुशी नचलोस् भनेर राजाले अख्तियार गर्ने नीति बन्यो र त्यसलाई राजनीति भनियो । राजा एक्लो भए पनि उसले प्रयोग गर्ने अधिकार असीमित भएको हुनाले देश सबै जनताको हो भन्ने अवधारणा अनुसार पुँजीवाद र साम्यवादको चिन्तन आयो । साम्यवादीले पनि राजाले गरेको ज्यादती र आजीवन एकै विचारका समूहले मोजमस्ती गर्नेगरेको देखेर अत्यधिक मान्छे यसबाट परांमुख हुन लागे ।
यसैगरी पुँजीवादले पनि मुलुकका अवसरविहीन, क्षमताविहीन, अशिक्षित, निरीह, पुँजी, सीपविहीन जनतालाई बेवास्ता गरेर धनदौलतवादीको मात्रै चक्चकी मच्चिन लागेपछि पुँजीवाद र साम्यवादको विकल्पका रूपमा प्रजातान्त्रिक समाजवादलाई अघि सार्यो जनमानसले । यस पृष्ठभूमिमा आएको प्रजातान्त्रिक समाजवादी व्यवस्थाले पश्चिमेली लोककल्याणकारी राज्य व्यवस्था र आजभन्दा २ हजार २०० वर्ष पहिलेको भारतीय उपमहाद्वीपमा प्रचलित षडङ्गीय राज्यव्यवस्थाका मिल्दाजुल्दा विशेषतालाई मिलाएर बीपीले प्रजातान्त्रिक समाजवादी आर्थिक नियम जसले फलफूल खेती गर्नेले फलका वृक्षबाट पाकेपाकेका फल टिपेर अध्पाका या छिप्पिन बाँकी रहेका फलका दानालाई नटिपेर छिप्पिन या पूरा पाक्न बोटमै छडिदिन्छ ।
कुनै दिन यिनै तीन पात्र दाहाल, ओली र देउवाका कारणले आधा शताब्दीभन्दा बढी समय संघर्ष गरेर नेपाली जनताले ल्याएको संघात्मक बहुलवादी प्रजातान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई जनताले साथ दिएनन् भने आश्चर्य नमाने पनि हुने अवस्था आउनै लागेको छ ।
त्यसैगरी राज्यले पनि सक्नेसँग न्यायोचित कर असुलेर अशक्तलाई सक्षम बनाउने काममा लगाउनुपर्छ भन्ने नीति बनाएर उनले साम्यवादमा प्रजातान्त्रिक हक अधिकार थप्ने र प्रजातन्त्रमा राज्यको भूमिका घटाएर सामाजिकीकरण गर्नु नै प्रजातान्त्रिक समाजवाद हो भनेर परिभाषित पनि गरेका थिए । यो नै विश्वव्यापी प्रजातान्त्रिक समाजवादको आदर्शस्वरूप मानियो । तर, जब नेपाली कांग्रेसमा शेरबहादुर देउवा सभापति बने अनि नेपाली कांग्रेसमा न लोककल्याणकारी राज्यको प्राण र प्रजातान्त्रिक समाजवादको मुटुको धमनी चुँडाएर घूस, परिवारवाद, अप्राकृतिक गठबन्धन, आफ्नै दलभित्र विरोधी पेलाहा नीति अख्तियार भयो कांग्रेसमा । यो पनि ओलीको वैशाखीबाट प्राप्त दम्भ र पुष्पकमल दाहालबाट प्राप्त विचार बदल्ने नीतिका दुईवटा वैशाखी टेकेर कांग्रेसलाई भाँडाङ्ग्रेस बनाउन सफलता मिलेको छ ।
आजको नेपालमा ज्यानमारा, जनतामारा सरकार चलेको छ । कांग्रेसका काँधमा निरपराध ती युवकको लास कुहेर गनाउन लागेको छ जसले योग्यता जाँचको अनुमति र अवसरको याचना गर्दा तातो गोली र बन्दुकको कुन्दा खानुपरेको छ । यो काम पनि प्राविधिक रूपमा जनता मारेर आएका पुकदाको सरकारले गरेको देखिएला तर यो बन्दुक नेपाली कांग्रेसका सभापतिका हातले आफ्नै काँधमा राखेर पड्काएको देखेको छ विश्वले र भोलि लेखिने इतिहासले पनि यही भन्ने छ । शेरबहादुरका वैशाखीमा उभिएका फागुन १ लाई जनकत्लेआम दिवस घोषणा गरेका पुकदालाई कुहेको सिनुजस्तो गनाउने सत्ताका लागि शेबदेले काँधमा बोकेका छन् ।
आफ्ना पार्टीको ऐतिहासिक गौरवलाई नै धूमिल बनाएर भए पनि सुन, गुट, सत्ता र शक्तिका लागि जे पनि गर्ने चरित्रका अहिलेका कांग्रेस सभापति, एमालेका अध्यक्ष र माओवादी एकता केन्द्रका अध्यक्ष नै आजको समग्र नेपाली अव्यवस्था र दैन्यका जिम्मेवार पात्र हुन् । जसरी राजदरबारका मूर्ख पात्रका कारणले सजिलो गरी राजतन्त्रलाई वनवास पठाएर नेपालमा गणतन्त्र स्थापित भएको थियो । त्यसैगरी कुनै दिन यिनै तीन पात्रका कारणले आधा शताब्दीभन्दा बढी समय संघर्ष गरेर नेपाली जनताले ल्याएको संघात्मक बहुलवादी प्रजातान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई जनताले साथ दिएनन् भने आश्चर्य नमाने पनि हुने अवस्था आउनै लागेको छ ।
वर्तमान कांग्रेसका गलत क्रियाकलापका प्रति जनताको निराशा, बौद्धिक समुदायको नकारत्मक टिप्पणी र चौतर्फी आलोचनासहित डा.शेखर कोइरालाका नेतृत्वमा, गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, बद्री पाण्डे, अर्जुनरसिंह केसी, डा.मीनेन्द्र रिजाल, गुरु घिमिरे, केदार कार्कीजस्ता केही गरौं बेथिति र नीतिहीनताबाट कांग्रेसलाई मुक्ति दिलाऔं भनेर रूपान्तरण अभियानमा सहभागी बनेर हिँडेका नेपाली कांग्रेसका हजारौं नेता, कार्यकर्ता र शुभेच्छुकहरूका कारणले भर्खरै बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले आउँदो राष्ट्रियसभाको उम्मेदवारमा जस्ता मान्छेलाई प्राथमिकता दिने भनेर निर्णय बाहिर ल्यायो यो हेर्दा शुक्रतारा उदाउन लागेको संगेत गरेको छ ।
अब ढिलो चाँडो उज्यालो होला र अनीति, भ्रष्टाचरण, नसनाता र परिवारवादले थंथिलिएको कांग्रेस अबका दिनमा तंग्रेला कि भन्ने आशाका किरण देखिएका छन् । यसैगरी नेपाल कम्युनिष्ट पार्टी एमालेमा पनि आशाका किरण पलाएनन् भने गलित नखदन्त भएको र लिक छाडेर खेतका गरामा ढलेको कांग्रेसले मात्रै यो देशका वैविध्यलाई समेटेर प्रजातान्त्रिक मूल्यमान्यता जोगाउन नसक्न पनि सक्छ । अतः त्यहाँ पनि जनाधार भएका र चरित्र भएका युवाले दम्भ, दमन र म नभए सबै बरवाद हुन्छ भन्ने प्रवृत्तिलाई विस्थापन गर्नतिर ध्यान दिनुपर्ने अवस्था छ ।
परदेशमा रहेका सन्तानलाई जसरी आफ्ना बाआमाको स्वास्थ्यमा चिन्ता हुन्छ त्यसैगरी स्वार्थी, दम्भी, चरित्रहीन, भ्रष्ट, घूसखोर नेताबाट देश र जनता बचाउन नेपाली कांग्रेस र नेकपा एमालेका दोस्रो-तेस्रा लहरमा रहेका प्रतिभाशाली, चरित्रवान् जनताले पत्याउने नेताहरू अग्रसर भएर थलो ओगटेको भैंसे गोरुजस्ता रुचि र दृष्टिमा बादल लागेका नेतालाई राजनीतिबाट दरकिनार गर्न अघि सर्ने बेला आएको छ । कांग्रेसमा सुरु भएको भए पनि नेकपा एमालेमा भजनमण्डली अहिले पनि आफ्ना दम्भी भ्रष्ट नेताकै दौराको फेर समातेर वैतरणी पार गर्ने सुरमा रहेको देखिनु देश र जनताका लागि ठूलो दुर्भाग्य हो ।
पटक-पटकका प्रयोगमा जब गिरिजाप्रसाद कोइरालाप्रति जनताको आकर्षण घटेको देखिएको थियो तब कृष्णप्रसाद भट्टराईले शेरबहादुरलाई अघिमात्रै सारेनन् गिरिजाप्रसाद कोइरालालाई शेरबहादुरका पक्षमा उभिन पनि बाध्य पारेका थिए । सुशील र शैलजाजस्ता निख्खर चरित्रका मान्छेलाई छाडेर शेरबहादुरलाई समर्थन गर्दाको पीडा त कि पशुपतिनाथलाई थाह होला कि भने गिरिजाप्रसाद कोइरालालाई नै थाह होला । आज गगनले कुरा उठाउँदा शेरबहादुरलाई मात्र होइन उनकी पत्नी अघिसरा भएर ५० लाख लिने कि मन्त्री पद लिने ? भनेर संसदीय दलको चुनवमा शेरबहादुरलाई मतदान गरेको मोबाइल फोटो देखाऊ र मन्त्री बन कि ५० लाख थाप्न झोला बोकेर आऊ भनेको कुरो सही नै त रहेछ ।
लक्ष्मी कोइरी महतो र बालकृष्ण खाँणका बीचको सौदाबाजी पनि त देखियो नि देउबा र खड्ग ओलीको । मुलुकमा जनता जाग्न लागे कि बालुवाटारमा शनि, संकटा र राहुको बैठक हुने गरेको राष्ट्रिय सञ्चार संयन्त्रले नै सगौरव प्रस्तुत गरेको देख्दा ‘ईश्वरका असिम अनुकम्पाले फलानाले फलानीलाई भुँडी बोकाइबक्स्यो’ भनेर फलाक्ने रेडियो नेपालको सम्झना हुन्छ । अहिले पनि एकथरी रुचि बिग्रेकाहरू त्यही सुन्न लालायित भएर सडक सडकमा पोखिन थालेका छन् । देश र जनताका लागि सिन्को नभाँची ठूला बनेका राहु, केतु र शनिको बैठक जनतालाई चुस्न, दल्न र भ्रष्टाचारका पुराना कुरा दबाएर नव मार्ग अन्वेषणका लागि हुने गरेको देखिन थालेको छ ।
अहिले मुलुकले केही खोज्नै लागेका बेला फेरि माधव नेपालका पक्षका एक मन्त्रीले बलेका आगामा घ्यू ओइर्याएर देशको अमनचयनमा खलल पारेरै छाडे । अनाहकमा दुई युवकको ज्यान गयो । प्रजातन्त्रका जरा भनेका सुरुचि भएका जनता हुन् । जनता नीरक्षीर विवेकी हुनुपर्छ ।
धन्नुकारीहरू युक्रेनका पक्षमा भोट हाल्छन् । जनताका छोरा रुसी सेनामा भर्ती भएर मर्न थालेका छन् । मानवताका लागि विश्वले केही कुरो नबोलेका बेला बीपीले दिएको समर्थनलाई इजरायलले मानव अधिकार अस्वीकार गरेर गुन तिर्लाजस्तो लक्षण निकट भविष्यमा पूरा हुनेवाला छ । अबका चुनावमा रम्रो चरित्रको देशवासीको विश्वास जित्न सक्ने र पुख्र्यौली छविसहितका मान्छेलाई नउठाउने र नेता घोषणा नगर्ने हो भने त ठूला पार्टीका निमित्त हात्ती आयो आयो फुस्सा होलाजस्तो लाग्न थालेको छ । राज्यले खडा गरेका निकायले सुन र ललिता निवास काण्डको राम्रो छानविन गर्दैगरेको देखेपछि ओलीलाई उपर्तली भयो आफ्ना भ्रष्ट अरिंगाल थुनिएलान् भनेर आयोग नबनाई सुख नदिएर भ्रष्ट जोगाए ।
जुन-जुन व्यक्तिले भ्रष्टाचारको ठीक तरिकाले छानविन गर्दै थिए तिनलाई न हटाउँदा राष्ट्रिय भाउजू र राष्ट्रिय पुत्रको चेहरा देखिने भएपछि शेरबहादुरको हियो धड्कन थाल्यो । अनि ती छानविन प्रवीणलाई अन्तै पठाइयो बेला न कुबेला बजी नयला भनेजस्तो गरी । अहिले मुलुकले केही खोज्नै लागेका बेला फेरि माधव नेपालका पुच्छरले बलेका आगामा घ्यू ओइ¥याएर देशको अमनचयनमा खलल पारेरै छाडे । अनाहकमा दुई युवकको ज्यान गयो । प्रजातन्त्रका जरा भनेका सुरुचि भएका जनता हुन् । जनता नीरक्षीर विवेकी हुनुपर्छ । जनता भनेका देशका असल मालिक हुन् ।
तिनीहरूसँग विवेक हुन्छ स्वार्थ होइन परोपकार हुन्छ, तिनले लिनभन्दा दिन जानेका हुन्छन् भन्ने आदर्शका आधारमा नै देशका मालिक भनेका जनता हुन् र तिनले निश्चित अवधिमा मतका माध्यमले आदेश दिएर आफ्ना प्रतिनिधि पठाउँछन् र तिनै प्रतिनिधिबाट शासन गर्छन् भन्ने मानिन्छ तर हाम्रा देशका जनता किसानले भोकभोकै खोरमा थुनेर पालेका भेडाबाख्राजस्ता भए । कहिले गन्धे झोल र एक-दुई टुक्रा मासुमा बिक्ने, कहिले दुई-चार सय र दुई-चार हजारमा बिक्ने, कहिले कामदार बन्नका निमित्त आफ्नो नागरिकता नै परित्याग गरेर कसैका पाल्तु भेडा च्यांग्रा बनेर विदेशिने । यसरी मानव बिस्टा र गोबरको छ्यानविचार नभएका जनता भएका देशमा नेता होइन लुच्चा लफंगा, भ्रष्टहरूको जमात शासन सत्तामा पुग्दोरहेछ ।
अहिले नेपालमा यस्तैको बोलवाला छ । जनता विवेकविहीन भए भने डाका मौलाउँछन्, देशमा बेथिति बढ्छ, अनाचार व्यभिचार हुन्छ किनभने चोर चोर र डाका डाका भनेका सानिमा ठूल्यामाका छोरा हुन् यिनले कहिल्यै पनि एक आपसलाई अहित हुने काम गर्दैनन् । अहिले हाम्रा देशमा केही गर्दा केही सीप नलागेर देशै छाडेर विदेशतिर जान पाए यी जनतामाराको मुख हेर्नुपर्ने थिएन कि ? भनेर चेतनशील युवक जसरी पनि विदेशतिर दृष्टि दिन लागेको देखिन्छ । प्रजातन्त्र भनेको निर्लोभी, निद्र्वन्द्व, ठीकबेठीक छुट्याएर आफूलाई दृढतापूर्वक सत्पथमा उभ्याउने विवेक र हिम्मत भएको आदर्श नागरिकका लागि उपयुक्त व्यवस्था हो न कि राजा, राणा, कांग्रेस, कम्युनिष्ट आदि इत्यादिका नाममा भेला भएका निहीत स्वार्थीले थापेका पाशमा पर्ने भोकाएका ढुकुर-परेवाको चरित्र भएको मानवरूपको बथान ।
हृवौं भने मानव, मानव झैं जिऊँ ।
पशु झैं होइन, हजुर पशु झैं होइन ।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच