नयाँदिल्ली । भारतको कांग्रेस पार्टीका नेता राहुल गान्धीले कश्मीरको श्रीनगरमा सोमवार भारत जोडो यात्रा समापन गर्नुभएको छ । कांग्रेस कार्यालयमा सोमबार राष्ट्रिय झण्डा तिरंगा फहर्याएर उहाँले यात्रा टुंग्याउनु भएको हो । १४५ दिनअघि राहुलले कन्याकुमारीबाट उक्त यात्रा सुरु गर्नुभएको थियो । राहुल गान्धीको यो यात्रा १४ राज्यमा पुग्नुभएको थियो । अन्तिम समयमा श्रीनगरमा गएर यात्रा समाप्त भएको हो ।
कांग्रेस पार्टीका अनुसार राहुल गान्धीको यो यात्राको घोषित उद्देश्य भनेको ‘भारतलाई एकजुट बनाउनु हो । अर्थात् सबै मिलेर देशलाई थप मजबुत बनाउनु हो ।’ खासमा भारतीय कांग्रेस र राहुल गान्धीले भारतमा नरेन्द्र मोदीले देशभित्रै विभाजन ल्याउने प्रयास गरेको र त्यसलाई जोड्नका लागि आफू अघि सरेको बताउँदै आएका छन् ।
भारत जोडो यात्राका क्रममा राहुल गान्धीले पटक-पटक देशमा घृणा फैलाउने काम भएको भन्दै आफूहरू अब प्रेम र भाइचाराका लागि एकताबद्ध हुनुपर्ने बताउनुभएको थियो । राहुल गान्धीले यात्राका क्रममा केन्द्र सरकारले लगातार जनतालाई विभाजित बनाएको, बेरोजगार, महँगी र भारतीय सीमा क्षेत्रमा चीनले गरेको अतिक्रमणको मुद्दाहरू उठाउनुभएको थियो । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको