✍️ तोयराज नेपाल
वैशाखशुक्ल तृतीया तिथिलाई अक्षय तृतीया भनिन्छ । यसै दिन शिवपार्वतीको विवाह भएको किंवदन्ती छ । यसदिन त्रेतायुगको आरम्भ भएकाले त्रेतायुगादि पर्वसमेत भएको हुँदा यस दिनलाई पवित्र र महत्त्वपूर्ण पर्व मानिएको हो । यसबारे शास्त्रको वचन यस्तो छ :-
वैशाखशुक्लपक्षस्य तृतीयायां च धीमता ।
गोभूहिरण्यरत्नादि तत्र दत्वा क् क्षयो भवेत् ।।
दानं घर्मघटादीनां मधुसूदनपूजनम् ।
तत्र जप्तं हुतं दत्तं सर्वमक्षय्यमुच्यते ।।
यत्किञ्चिद्दीयते दानं स्वल्पं वा यदि वा बहु ।
तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृता ।।
उदकुम्भान् सकनकान् सान्नान् सर्वरसैः सह ।
यवगोधूमचणकान् सक्तुदध्योदनं तथा।।
ग्रैष्मिकं सर्वमेवात्र सस्यं दाने प्रशस्यते ।। भविष्यपुराण ।
यस दिन थोरै वा धेरै जति दान गरिन्छ त्यो दान अक्षय हुन्छ अर्थात् कहिल्यै नाश हुँदैन । त्यसकारण वैशाखशुक्ल तृतीयालाई अक्षय तृतीया भनिएको हो । यस दिन देवतालाई र पितृलाई उद्देश्य गरेर छुट्टाछुट्टै उदककुम्भदान सर्वत घडामा राखी त्यसमा सुवर्ण समेत राखेर विभिन् अन्न, जौ, जौको सातु, चामल, गहुँ, चना, दही विभिन्न रस, ग्रीष्मऋतुमा फल्ने विभिन्न अन्न र विभिन्न फलसहित घडा दान गर्नुपर्दछ
, भनिएको छ। यसका साथै सक्नेले गाई ,भूमि,रत्न , ग्रीष्मऋतुमा आवश्यक पर्ने छाता ,जुता, लौरो ,कपडा , आदि र अरु पनि जे जेआफुलाई दान गर्न मन लाग्दछ, यथाशक्ति जेसुकै पनि दान गर्न सकिन्छ।यसदिन गरेको दान कल्प कल्पसम्म क्षय हुँदैन, परलोकमा आफुलाई आवश्यक पर्दा प्रप्त हुन्छ ,भनिएको हुँदा यथाशक्ति दान गर्नु उपयुक्त हुन्छ। यो दिन त्रेतायुगको आरम्भ भएको हुँदा युगादि पर्व मानेर युगादिश्राद्ध पनि गर्नुपर्छ।
यसदिन पहिले दियो ,कलश र गणेशको पूजा गरी वैशाखका अधिष्ठातृदेवता मधुसूदन ९विष्णु०को यथाशक्ति पूजा गरेर दानादि गर्नुपर्छ।
घटादिदान गर्दा पहिले देवताई उद्श्य गरेर घडादि दानगर्नेर त्यसपछि पितृलाई उद्देश्य गरेर दानगर्ने।
देवतकालागि दान गर्दा यस्तो सङ्कल्प गर्नुपर्दछ --
हातमा ब्राह्मणवरण गर्ने द्रव्य लिई कुशादिलिएर
संकल्प गर्ने-
झझॐअद्येत्यादि देशकालौसङ्कीर्त्य ॐ अद्येहअमुकगोत्रः
अमुकनामशर्माहं र (अमुकनामदेवी अहम्) मम सकलपापक्षयपूर्वकपरमेश्वरप्रीतिपूर्वकमुदकुम्भदान कल्पोक्तफलावाप्तये ब्राह्मणाय ससुवर्णं सान्नोकघर्मघटदानमहं करिष्ये , अस्मिन् कर्मणि घटादिदानग्रहीतृत्वेन अमुकगोत्रम् अमुकनामशर्माणं ब्राह्मणं त्वामहं वृणे ञञ यस्तो सङ्कल्प गरेर घडालाई धागाले बेरी अन्नमाथि राखेर सुवर्ण राखी त्यसकासाथमा सातु , अन्न फल ,ताम्बूल द्रव्य , यथाशक्ति छाता, जुता, लौरो, कपडा आदि यथाशक्ति दानगर्ने सबै वस्तुहरूराखेर झझ ॐ ब्रह्मविष्णुशिवात्मकाय सान्नोदकघर्मघटाय नमःञञ यस मन्त्रले चन्दन अक्षता पुष्पादिले घडाको पूजा गरी धूपदीपनैवेद्यादि समर्पण गरेर ब्राह्मणलाई पनि पूजा गरी वरण गरेर पुनः कुशादि लिएर सङ्कल्प गर्ने र ॐअद्येह पूर्वोच्चरितसङ्कल्पसिद्धिरस्तु अमुकगोत्रःमुकनामशर्माहंर अमुकनामदेवी अहं मम श्रीमत्पमेश्वरप्रीतये अद्य अक्षयतृतीयायां इमं सान्नोदकसुवर्णसक्तुफलछत्रोपानहयष्टिवस्त्रादिसमन्वितं घर्मघटं वरुणदैवतं पानकं जलं वरुणदैवतम् अन्नं प्रजापतिदैवतं सुवर्णम् अग्निदैवतम् सक्तून् पूषदैवतान् फलं वनस्पतिदैवतं छत्रम् उत्तानाङ्गिरोदैवतम् उपानहौ उत्तानाङ्गिरोदैवते यष्टिं वनस्पतिदैवतां द्रव्यं श्रीविष्णुदैवतम् अद्येह अमुकगोत्राय अमुकनामशर्मणे सुपूजिताय ब्राह्मणाय तुभ्यमहं सम्प्रददे तत्सन्न मम ञञ भनी ब्राह्मणलाई दिएर प्रार्थना गर्ने --
झझएषघर्मघटो दत्तो ब्रह्मविष्णुशिवात्मकः।
अस्य प्रदानात् सकला मम सन्तु मनोरथाः।। ञञ
इति।यो प्रार्थना गरी दानप्रतिष्ठा गर्ने।
ॐअद्य कृतैत् सोपस्करसान्नोदकघर्मघटदानकर्मणः साङ्गतासिद्ध्यर्थमिदं दानप्रतिष्ठाद्रव्यं श्रीविष्णुदैवतम् अद्येह अमुकगोत्राय अमुकनामशर्मणे ब्राह्मणाय तुभ्यमहं संप्रददे
ॐ तत्सन्न मम।
त्यसपछि पितृलाई उद्देश्य गरेर सान्नोदक कुम्भ , घर्मघटदान गर्ने। पहिले जस्तै घडालाई धागाले बेरेर घडामा सुवर्ण , चन्दन , कपुर र तिल राखेर प्रतिज्ञासङ्कल्प गर्ने--अद्येत्यादि। ।। मम समस्तपितृणाम् अक्षय्यतृप्तिद्वारा परमेश्वरप्रीतये सान्नोदकघर्मघटदानमहं करिष्ये , सङ्कल्प गरी कुम्भको र ब्राह्मणको पनि पूर्ववत् पूजा गरी ब्राह्मण वरण गरेर कुशादि लिएर सङ्कल्प गर्ने-- ॐअद्येह अमुकगोत्रः अमुकनामशर्माहं र अमुकनामदेवी अहं मम समस्तपितृणां तृप्तिद्वारा परमेश्वरप्रीतये इमं सान्नोदकघर्मघटं वरुणदैवतं सुवर्णम् अग्निदैवतं जलं वरुणदैवतम् अन्नं प्रजापतिदैवतं सक्तून् पूषदैवतान् फलं वनस्पतिदैवतम् छत्रम् उत्तानाङ्गिरोदैवतम् , उपानहौ उत्तानाङ्गिरोदैवते यष्टिं वनस्पतिदैवतां वस्त्रं बृहस्पतिदैवतं द्रव्यं श्रीविष्णुदैवतम् अद्येह अमुकगोत्राय अमुकनामशर्मणे सुपूजिताय ब्राह्मणाय सान्नोदकघर्मघटदानत्वेन तुभ्यमहं सम्प्रददे तत्सन्न मम ,भनी प्रार्थना गर्ने--
झझ एष घर्मघटो दत्तो ब्रह्मविष्णुशिवात्मकः।
अस्य प्रदानात्तृप्यन्तु पितरोकपि पितामहाः।। गन्धोदकतिलैर्मिश्रं सान्नं कुम्भं फलान्वितम्।
पितृभ्यः सम्प्रयच्छामि ह्यक्षय्यमुपतिष्ठतु।।ञञ इति।
यो मन्त्रले ब्राह्मणलाई दिने र दानप्रतिष्ठा गर्ने-
ॐअद्य कृतैतत् सान्नोदकघर्मघटदानकर्मणः साङ्गतासिद्ध्यर्थम् इदं दानप्रतिष्ठाद्रव्यं श्रीविष्णुदैवतम् अद्येह अमुकगोत्राय अमुकनामशर्मणे ब्राह्मणाय घर्मघटदानप्रतिष्ठात्वेन तुभ्यमहं संप्रददे ॐ तत्सन्न मम इति। अनि दक्षिणा गरी त्यसपछि प्रार्थना गर्ने--
ॐ यस्य स्मृत्या च नामोक्त्या तपो यज्ञक्रियादिषु।
न्यूनं सम्पूर्णतां याति सद्यो वन्दे तमच्युतम् ।।
ॐचतुर्भिश्च चतुर्भिश्च द्वाभ्यां पञ्चभिरेव च ।
हूयते च पुनर्द्वाभ्यां स मे विष्णुः प्रसीदतु ।।
ॐ प्रमादात् कुर्वतां कर्म प्रच्यवेताध्वरेषु च ।
स्मरणादेव तद्विणोः सम्पूर्णं स्यादिति श्रुतिः।।
ॐ अच्युताय नमः । ॐ अच्युतायनमः ।ॐ अच्युताय नमः।। ततः ॐ कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात्। करोमि यद्यत् सकल परस्मै नारायणायेति समर्पयामि।। ॐ अच्युतायनमः ३ इति।
त्यसपछि टीकाप्रसाद ग्रहण गरी ब्रह्मणभोजन गराउने ।
यसैदिन परशुरामको अवतार पनि भएकोले परशुरामजयन्तीका रूपमा पनि यस पर्वलाई मनाइन्छ र परशुरामको पूजाआाराधना पनि गरिन्छ।यी विभिन्न कारणले गर्दा यो पर्व महत्त्वपूर्ण मानिन्छ ।
परशुराम अवतार
अघि त्रेतायुगमा ऋचीक ऋषिले गाधि राजाकी छोरी सत्यवतीसँग विवाह गरे। कुनै दिन सत्यवती र सत्यवतीकी आमा पुरुकुत्सा दुवैले सन्तानको इच्छा गर्दा ऋचीक मुनिले दुबैलाई छुट्टा छुट्टै पायस चरु तयार गरी आफु स्नान गर्न गए।त्यसै वेलामा छोरीलाई तयार गरिएको चरु आमाले छोरीसँग मागेर खाइन्। आमाको चरु छोरी सत्यवतीले खाइन्।ऋचीक ऋषि आएपछि चरु साटिएछ भन्ने थाहा भयो ,अनि ऋषिले भने–हे सत्यवती तिम्रा भाइ गाधि राजाका छोरा ब्रह्मज्ञानी र तिम्रो छोरो मूर्ख स्वभावको हुनेछ ,भनेपछि सत्यवतीले अनुनय विनय गर्दा भैगो त ! छोरो ज्ञानी नै हुनेछ , तर नाति मूर्ख स्वभावको हुनेछ,भन्नुभयो।त्यसैले गाधिका छोरा विश्वामित्र ज्ञानी भए ।सत्यवतीका र ऋचीकका छोरा जमदग्नि ज्ञानी भए । कालान्तरमा सत्यवतीका नाति जमदग्नि र रेणुकाका छोराका रूपमा भगवान् नारायणले वैशाखशुक्ल तृतीयाका रात्रिको प्रथमप्रहरमा परशुराम अवतार लिनुभयो। जुन अवतार नारायणले उग्र स्वभावको लिनुपरेको थियो। करण पृथिवीमा अनेक दुष्ट राजाहरूले उपद्रव मच्चाइरहेका हुँदा पृथिवीको भार हरण गर्न भगवान्ले मूर्ख, उग्र स्वभाव लिनुभएको थियो ।तर स्वभाव मूर्खको जस्तो भएपनि चारै वेद र धनुर्वेद समेत सबै उहाँलाई कण्ठस्थ थियो ।
झझअग्रतश्चतुरो वेदाः पृष्ठतः सशरं धनुः। इदं ब्राह्ममिदं क्षात्रं शापादपि शरादपि।।ञञ
उहाँ भन्नुहुन्थ्यो–– म बुद्धिको काममा ब्राह्मणको प्रतिनिधित्व गर्दछु ,मेरा अगाडि मुखमा चारै वेद कण्ठस्थ छन् भने बलको काममा क्षत्रियको प्रतिनिधित्व गर्न मेरा पछाडि बाण समेतको धनु झुण्डिएको छ । म दुबैतिर तयार छु , भन्नुहुन्थ्यो।
जमदग्नि ऋषिका चार भाइ छोरा मध्ये कान्छा छोराका रूपमा परशुरामको अवतार भएको थियो। एक पटकको घटना हो, पूजा गर्ने जल लिन गङ्गाजी गएकी परशुरामकी माता रेणुका गन्धर्व र अप्सराहरूको क्रीडा देखेर केहीबेर ढिलो घर फर्किइन् ।पत्नी आएपछि ध्यानदृष्टिले विचार गर्दा गन्धर्व र अप्सराको क्रीडामा भुलेर ढिलो घरफिरेको बुझेपछि यो व्यभिचरिणी हो, यसलाई काट ,भनी छोराहरूलाई आदेश दिए। जेठादेखि नै पालै पालो गरी अमालाई काट ,भन्दा परशुरामका दाजुहरू तीनै भाइले काट्न मानेन्।अन्त्यमा कान्छा छोरा परशुरामलाई दाजुहरू समेत आमालाई काट्न आदेश दिँदा परशुरामले बाबुको प्रभाव जानेका हुँदा आज्ञा पाउनासाथै आमा समेत तीनै दाजुहरूलाई काटिदिनुभयो।अनि जमदग्नि प्रसन्न भएर के वरदान माग्दछौ ? भन्दा परशुरामले आमा समेत सबै दाजुहरू जीवित हऊन् , साथै आफ्नो मृत्यु भएको कुरा उहाँहरूलाई थाहा नहवोस् ,भनी वरदान माग्दा जमदग्निले तथास्तु भनी सबैलाई बचाइदिनुभयो। हैहयवंशी राजा अर्जुनले दत्तात्रेयका प्रसादबाट एक हजार हात पाएका हुँदा उनको नाम नै सहस्रार्जुन भन्ने प्रसिद्ध थियो।एक दिन सहस्रार्जुन राजा सेना आदिका साथमा जमदग्नि ऋषिका आश्रममा जाँदा जमदग्निले सबैको ठुलो स्वागत सत्कार गरे।यो सत्कार कामधेनु गाईका कारणबाट भएको हो, भन्ने बुझेपछि राजाले ती गाई मागे, तर जमदग्निले नदिँदा जबर्जस्ती हडपेर लगे । त्यसवेला परशुराम त्यहाँ हुनुहुन्नथ्यो।परशुराम आएर
सबै हाल बुझेपछि हातमा बन्चरो लिएर राजाका तिर गएर युद्धगर्न लाग्नुभयो।त्यहाँ सहस्रार्जुनको र परशुरामको ठुलो युद्ध भयो।परशुरामले राजाका सबै सेनाका साथमा राजाका हजारै हात काटी अन्त्यमा उनको शिर समेत काटेर गाई लिएर आउनुभयो।त्यस वेला राजाका छोराहरूले भागेर ज्यान बचाएका थिए।
त्यसपछि राजालाई मारेको पाप लाग्दछ, त्यो पाप प्रक्षालन गर्न एक वर्ष पर्यन्त तीर्थयात्रा गर, भनेर पिता जमदग्निले आदेश दिएपछि परशुरामले तीर्थयात्रा गर्नुभयो।एक वर्ष सम्म विभिन्न तीर्थ यात्रा गरी घर फिर्ने वेला भएपछि अहिले परशुराम छैनन् ,यही मौकामा बाबु मारेको बदला लिनु पर्दछ ,भनी सहस्रार्जुनका छोराहरू जमदग्निका आश्रममा गई जमदग्निलाई काटेर शिर लिएर गए।त्यसै वेला परशुराम घर आइपुग्दा ता बाबुको शिर काटी राजकुमारहरूले लगेको र आमाले एक्काइसौं पटकसम्म छाती पिट्दै रोएको खबरले मर्माहत भएका परशुराम बाबुको देहको सुरक्षा गर्ने काम दाजुहरूलाई जिम्मा लगाएर हातमा बन्चरो लिएर सहस्रार्जुनका छोराहरूसँग युद्ध गर्न जानुभयो र सहस्रार्जुनका छोराका साथै सम्पूर्ण क्षत्रियहरूको संहार गर्नुभयो।उहाँले एक्काईस पटक पृथिवी घुमेर क्षत्रियहरूको संहार गरी पृथिवीको भार हरण गर्नुभयो।ती क्षत्रियहरूका रगतले कुरुक्षेत्रमा नवोटा ( ९ )कुण्डहरू बनाउनुभयो। ती कुण्डहरूलाई परशुराम कुण्ड भनिन्छ। ती कुण्ड अहिले पनि परशुराम तीर्थका रूपमा पवित्र र प्रसिद्ध छन्।जसमा स्नानदानादि गर्नाले समस्त पाप नाश भई पितृहरूको उद्धार हुन्छ ।
त्यस पछि पिता जमदग्निको शिर ल्याएर शरीरमा जोडी जमदग्नि ऋषिलाई बचाउनु भयो । जमदग्नि ऋषि अहिले पनि जीवितै हुनुन्छ।उहाँ सप्तर्षि मध्ये एक हुनुहुन्छ भने , परशुराम अष्ट चिरञ्जीवी मध्येका एक हुनुहुन्छ।
त्यसपछि परशुरामले बाबु जमदग्निलाई यज्ञमा दीक्षित गराई अनेक यज्ञद्वारा आत्मस्वरूप भगवान्को आराधना गर्नुभयो। ती यज्ञमा पूर्वदिशा होतालाई , दक्षिणदिशा ब्रह्मालाई ,पश्चिमदिशा अध्वर्युलाई , उत्तरदिशा उद्गातालाई , आग्नेयादिकोण ऋत्विक्हरूलाई र बीचको भूमि कश्यप ऋषिलाई दक्षिणकारूपमा दान दिनुभयो।फेरि उपद्रष्टालाई आर्यावर्त र अरु अरु सदस्यहरूलाई अन्य अन्यदेशहरू दक्षिणा दिनुभयो। त्यसपछि ब्रह्मनदी सरस्वतीमा यज्ञान्तस्नान गर्नुभयो। परशुराम अवतारको मुख्य कर्म नै दुष्ट क्षत्रियहरूको विनाश गर्ने थियो। त्यो काम पूरा गर्नुभयो।परशुराम नारायणका दशावतार मध्ये छैटौँ अवतार मानिनुहुन्छ । ॐ परशुरामाय नमः।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच