विद्यालयलाई स्मार्टबोर्ड सहयोग

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–११, करमोहानमा रहेको जनता आधारभूत विद्यालयलाई आज चार थान स्मार्टबोर्ड प्रदान गरिएको छ ।

ग्रामीण नारी उत्थान सङ्घ हरिपुरले सेभ द चिडे«नसँग समन्वय गरी सञ्चालन गरिरहेको समुन्नति परियोजना अन्तर्गत विद्यालयमा प्रविधिमैत्री सिकाईका लागि स्मार्टबोर्ड प्रदान गरिएको हो ।

विद्यालयलाई १२ लाख ८८ हजार २०० रुपियाँ बराबरको स्मार्टबोर्ड प्रदान गरिएको संस्थाले जनाएको छ । संस्थाले ईश्वरपुर नगरपालिकाभित्र प्रविधिमैत्री सिकाईका लागि यसरी प्रविधि हस्तान्तरण गरेको पहिलो पटक हो ।

यसअघि हरिपुर नगरपालिकामा भने चितायनस्थित आधारभूत विद्यालयलाई स्मार्टबोर्डसहित अन्य सामग्री हस्तान्तरण गरेर प्रविधिमैत्री कक्षा सञ्चालन गरिएको छ । जनता आधारभूत विद्यालय करमोहानको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामसोगारथ साहको अध्यक्षतामा आयोजित स्मार्टबोर्ड हस्तान्तरण कार्यक्रममा ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्य, ग्रामीण नारी उत्थान सङ्घकी अध्यक्ष गोमादेवी न्यौपाने, नगरपालिकाको शिक्षा शाखामा कार्यरत उप–सचिव हरि दाहाल, समुन्नति परियोजनाका संयोजक रामबाबु साहलगायतको उपस्थिति थियो ।

ग्रामीण नारी उत्थान सङ्घले सेभ द चिड्रेनसँग समन्वय गरी ईश्वरपुर र हरिपुर नगरपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?