जेठाजुको सुपारीमा भाइबुहारीको हत्या

Read Time = 3 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । कोहलपुर–१४ पार्वतीपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीया अञ्जली गडरिया दम्पतिको उनीहरुकै दाइभाउजूको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

बुहारी अञ्जलीसँग व्यक्तिगत रिसइबीका कारण उहाँकै जेठाजु विजय कुमार गडरियाले उहाँको हत्या गर्नको लागि १८ दिन अघि नै सुपारी रकम दिई मार्न लगाए हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको गराएको प्रहरीले जनाएको छ ।

श्रीमानश्रीमती समेत रहेका कृष्ण र अञ्जली मंगलबार विहान घरकै ग्यालरी तथा पालीमा मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार घरायसी विवादको विषयलाई लिएर बुहारीले जेठाजुलाई ससुराबाट कुटपिट गर्न लगाएको विषयलाई लिएर आरोपित गडरियाले इबी लिएका कारण दुःखद घटना घट्न गएको हालसम्मको अनुसन्धानमा देखिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै एसपी अधिकारीले कृष्ण र अञ्जलीको हत्या गर्न यसअघि नै सुपारी दिएको अनुसन्धानको क्रममा खुलेको बताउनुभयो । अधिकारीले हत्या गर्न व्यक्तिहरुलाई ५०/५० हजार सुपारी रकम दिइसकेको खुलेको बताउनुभयो । केही महिना अगाडी मृतक कृष्ण कुमार गडरिया र निजको बुबा घीरन गडरियालाई मृतक अञ्जली गडरियाले उक्साएर जेठो छोरा विजय कुमार गडरियाले इबी लिएर केही व्यक्तिलाई निज अञ्जलीलाई मार्न भनी सुपारी रकम दिएको अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।

सोही अनुसार साउन ९ गते बोलाइ अञ्जलीलाई मार्ने क्रममा निजको श्रीमान कृष्ण कुमार गडरियालाई समेत हत्या गरेको खुल्न आएको पत्रकार सम्मेलनका क्रममा अधिकारीले बताउनुभयो । ती दम्पतिको हत्या गरेको आरोपमा मृतक भाइबुहारीका दाइभाउजू पक्राउ परेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?