युक्रेनमाथि रुसको आक्रामण जारी, एक प्रहरी अधिकारीसहित पाँचको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

किभ । रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध चलिरहेको छ । धेरै देशले दुई देशबीचको यो युद्धलाई शान्त पार्ने प्रयास गरिरहेका छन् । यसै क्रममा रुस युक्रेन युद्धको शान्तिपूर्ण समाधान खोज्न साउदी अरेबियाको जेद्दाहमा छलफल चलिरहेको छ । यति हुँदाहुँदै पनि दुवै देशले एकअर्कामाथि लगातार आक्रमण गरिरहेका छन् ।

यसैबीचमा रुसले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा मिसाइल हमला गरेको छ । सो शहरको एक आवासीय भवनलाई लक्षित गरी भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो भने ३० जनाभन्दा बढी घाइते भएका थिए ।

युक्रेनले आक्रमणको निन्दा गरेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोले एउटा साधारण आवासीय भवनमा आक्रमण गरेको बताएका छन् । उनीहरुले सोभियत युगको पाँच तले भवनको फुटेज पनि सार्वजनिक गरेका छन् । यस भवनको माथिल्लो तला ध्वस्त भएको छ । आक्रमणपछि उद्धार कार्य जारी छ । आफ्नो पोस्टमा जेलेन्स्कीले लेखेका छन कि भग्नावशेष अझै सफा भइरहेको छ र खोज र उद्धार कार्य जारी छ।

उनले रुसी आतंकलाई रोक्नु पर्ने बताएका छन । युक्रेनलाई सहयोग गर्ने विश्वका सबैले हामीसँगै आतंकवादीहरूलाई परास्त गर्नेछन्। रुसले यस भयानक युद्धमा जे गरेको छ त्यसको लागि उत्तरदायी हुनु पर्नेछ ।

युक्रेनका एक मन्त्री इगोर क्लिमेन्कोले पनि टेलिग्राममा यी आक्रमणहरूको जानकारी दिएका छन्। जसमा पाँच जनाको मृत्यु भएको उनले बताएका छन ।

यसैबीच, दोस्रो आक्रमणमा डोनेट्स्क क्षेत्रका एक उच्च श्रेणीका आपतकालीन अधिकारी मारिएका छन्। यी आक्रमणमा ३१ जना घाइते भएका छन् । जसमा १९ प्रहरी अधिकारी, पाँच उद्धारकर्मी र एक बालक रहेका छन् । पोक्रोभस्क रुसको कब्जामा रहेको डोनेट्स्क सहरबाट करिब ७० किलोमिटर ९४३ माइल० उत्तरपश्चिममा रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?