काठमाडौं । नेपाली भारोत्तोलनले नयाँ २९ प्रशिक्षक पाएको छ । भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्स शुक्रबार सम्पन्न भएयता यो खेलमा नयाँ जनशक्ति थपिएको हो । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित भवनमा सञ्चालन भएको कार्यक्रममा कोर्स निर्देशकको भूमिका सर्बियाली एरभिन रोज्सयानिकले निभाउनुभएको थियो ।
समापनका अवसरमा रोज्सयानिकले ओलम्पिक सोलिडारिटी कोर्सको माध्यमबाट नेपाली भारोत्तोलनको विकासमा मद्दत पुग्ने विश्वास गर्नुभयो ।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले यो कार्यक्रमले खेलाडी उत्पादन र उनीहरूको विकासमा टेवा पुग्ने जिकिर गर्नुभयो । उहाँले यस कार्यक्रममा सहभागीलाई अझ परिस्कृत प्रशिक्षण कार्यक्रममा सहभागी गराउने बताउनुभयो । नेपाली भारोत्तोलनमा दस वर्षपछि ओलम्पिक सोलिडारिटी कोर्स भएको हो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच