काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउन १ गतेदेखि विदेशी नियोगहरुमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने बताउनुभएको छ ।
आईतवार सिहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिनमा गरेका कामको बारेमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले प्रमुख श्रम गन्तव्य साउदी अरब, कतार, मलेसिया तथा खाडीका अन्य देशमा माग प्रमाणीकरण अनलाइनबाट सबै नियोगहरुमा सुरुवात गरिने बताउनु भयो । उहाँले अहिलेसम्म प्रमुख श्रम गन्तव्यमा अनलाइन प्रणालीको विकास नहुँदा रोजगारदाता कम्पनीले दुतावासमा धाउनुपर्ने, कागजातको आधिकारिकता परीक्षण गर्न कठिनाइ हुने, कार्य प्रक्रिया पारदर्शी नहुने, धेरै समय र लागत लाग्ने जस्ता गुनासा आएकाले त्यसलाई अनलाइन प्रमाणीकरण गर्ने कार्य दुबईमा शुरुवात गरिएको बताउनु भयो ।
उहाँले कन्सुलर सेवा विभाग र मन्त्रालयले संयुक्त रुपमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै सरल र सहज सेवा प्रदान गर्नेतर्फ काम भइरहेको बताउनु भयो। उहाँले अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा गएका कामदार समस्यामा परे मागपत्रअनुसार रोजगारदाता र मेनपावर एजेन्सीमार्फत श्रमिकको उद्धार तथा सहयोग गर्न निर्देशन दिन सकिने बताउनु भयो ।
उहाँले नेपाली कामदारहरूलाई समस्या परेमा मद्दत गर्न सघाउ पुग्ने, सम्पूर्ण प्रक्रिया सरल, सहज र पारदर्शी भई विद्युतीय सुशासन कायम हुने तथा सेवाग्राहीहरू लाभान्वित हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले श्रममन्त्री भएपश्चात डिग्री पास अंग्रेजी भाषामा गरे पनि विदेशमा काम गर्न जाँदा अग्रेजी भाषा सिकेर ५० नम्बर ल्याएर मात्रै जान पाउने विवादात्मक कार्यविधिलाई खारेज गरिएको बताउनु भयो । उहाँले जापान, कोरिया र इजरायलमा कामदार भिषामा श्रमिक पठाउने विषयमा अध्ययन गरिरहेको बताउनु भयो । उहाँले सरकारले सम्भवत यस विषयमा छिटो निर्णयमा पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ डिग्री पास अग्रेजी भाषामा गरे पनि विदेशमा काम गर्न जाँदा अंग्रेजी भाषा सिकेर ५० नम्बर ल्याएर मात्रै जान पाउने विवादात्मक कार्यविधिलाई हामीले खारेज गरेका छौं । मन्त्रालयको काम माग प्रमाणिकरण गर्ने होइन । मन्त्रालयले पोलिसी बनाउने हो । मन्त्रालयले जसले त्यो काम गरिरहेको छ त्यसले नै सहजिकरण गर्ने हो । त्यसमा काम गरिरहेका छौं । जानकारीका लागि केही दिन अगाडि कन्सुलर विभाग र मन्त्रालयको संयुक्त प्रयासमा विदेशमा रहेका नियोगहरुबाट अनलाइनबाटै गर्नसक्ने गरी आवुदाबीबाट थालनी गरेका छौं । सबै विदेशी नियोगहरुबाट लागू हुन्छ । सम्भवत साउन १ गतेबाट लागू गछौं । जसले गर्दा मागपत्र प्रमाणिकरणको समस्या छ । त्यस्तो छैन । त्यो सहज रुपमा गर्न सकिन्छ । त्यसले काम गर्न असहज बनाउँदैन । लुपहोलहरु खारेज गरी सिस्टममा जान खाजेको हुनाले कार्यविधि खारेज गरेका छौं । जापान, कोरिया र इजरायलको लागि अध्ययन गरिरहेका छौं । सम्भवतः यसको पनि छिटो निर्णयमा जाँदैछौं । जेनेभा भिजिटको बेलामा मैले कोरियाका मन्त्रीसँग भटे गरेको छु । भेटघाटले अर्थपूर्ण निर्णयमा पु¥याउन सहज बनाउँछ ।’
श्रममन्त्री अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढाउने तयारी गरिएको बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारलाई दिँदै आएको क्षतिपूर्ति रकम ७ लाखबाट बढाएर १० लाख पु¥याउने तयारी गरेको बताउनु भयो ।
उहाँले सरकारले प्रयास जतिसक्दो चाडो देश बस्न लायक बनाउने रहेको बताउनु भयो । उहाँले नेपाललाई सकेसम्म नेपालीहरु विदेश जान नपर्ने देश बनाउने भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच