काठमाडौं । समाजमा बढ्दो उमेरका मानसिहरूमा यौनइच्छा कम हुने वा यौनसम्पर्कमा सहभागीता नै कम हुन्छ भन्ने विचार धेरैको छ । एक अध्ययनले पनि देखाएको छ कि बढ्दो उमेर समुहका मानिसहरुले आफ्नो यौन जीवन ५० वा ७० बर्षपछि समाप्त हुन्छ ।
एक अर्को अध्ययनले पनि देखाएको छ कि केहि श्रीमान श्रीमतीहरु ७० वा ८० बर्षको उमेर सम्म पनि यौन जीवनमा रमाउन सक्छन । पाको उमेरका मानिसहरु पनि यौन क्रियाकलापमा संलग्न हुन र रमाउन सम्भा छ । बुढेसकालको यौन जीवनको धेरै समारात्मक पक्षहरू छन् । अनि, यसले जीवनमा खुशी बढाउनुका साथै आयु पनि बढाउन मद्दत गर्दछ । यसर्थ आशा राख्न सकिन्छ कि बुढेसकालका यौनिकता सम्बन्धी केहि भ्रमहरु हटाउन सकिन्छ ।
महिनावारी रोकिएपछि महिलाको शरीरमा ‘एस्ट्रोजोन’ र ‘प्रोजोस्ट्रोन’ हर्मोनको कमी हुन्छ, जसले विभिन्न शारीरिक परिवर्तन देखा पर्छन् । हर्मोनको कमीले निद्रा नलाग्ने, खलखल पसिना आउने, एकदमै जाडो र गर्मी हुनेजस्ता लक्षण देखा पर्छन् ।
यी हर्मोनले शरीरमा क्याल्सियम अवशोषित गर्ने काम पनि गर्छ । जसकारण हाडजोर्नी कमजोर भएर ढाड, कम्मर र जोर्नी दुख्नेजस्ता समस्या देखिन्छन् । कतिमा त मुटुमा नै समस्या देखिने पनि हुनसक्छ ।
‘पाठेघरमा ठूलो ‘ट्युमर’ भयो वा अन्य कुनै जटिल समस्या भएर पाठेघर तथा दुवैतिरको डिम्बासय नै निकाल्नुपर्ने अवस्था आएमा ‘एस्ट्रोजोन’ एस्ट्रोजोन’ र ‘प्रोजोस्ट्रोन’ हर्मोन उत्पादन हुँदैन र महिनावारी पनि हुँदैन ।
तर, ४० वर्षपछि पनि महिलामा हुने यौन इच्छा, सन्तुष्टि एक किशोर उमेरकी युवत्तीको बराबर हुन्छ । तर एक त्यस्तो समय पनि आउँछ जब महिलाहरूलाई यौन चाहाना हुँदैन ।
बढ्दो उमेर सँगै पुरुष र महिला दुबैको शरीरमा परिवर्तनहरु आउछन तर यसको मतलब यो होइन कि ती परिवर्तनहरूका कारण उनीहरु यौनसम्पर्क गर्न असक्षम हुन्छन । उदाहरण स् बढ्दो उमेरको पुरुषको लिङ्ग पहिले जत्तिकै उत्तजित नभएपनि यसले यौनसम्पर्क पुर्वको समयलाई बढाउछ । जसको कारण आफ्नो यौनजोडीलाई पनि उत्तजित बनाउन पर्याप्त समय मिल्छ र चरम सुखमा पुग्न मद्दत पुग्दछ । एक तिहाई पुरुषहरुमा ४० बर्ष उमेर काटेपछि लिंगको उत्तेजनामा पहिलेको भन्दा केहि कमि आउछ । यसले गर्दा उनीहरुमा उत्साह कम हुन्छ ।
युवा अबस्थामा जस्तै यौनसम्पर्क गर्न नसकिने कुराले कतिपयलाई हतोत्साहित बनाउँने भएपनि बुढ्यौलीमा आफ्नो मानसिक स्वास्थ्यलाई हानी नहुने गरि यौन सम्बन्ध कायम राख्न सकिन्छ । यदि कोहिलाई यौनसम्पर्क गर्न कमजोर भएको आभाष भएमा अरु यौन आसनहरु प्रयोग गर्न सकिन्छ । साथै दुई पार्टरबीच खुलेर कुरा गर्नाले पनि सन्तुष्टिमा वृद्धि हुन्छ । प्रेम र भावुकताको आकर्षणले यौनआकर्षण र उत्तेजना बढाउन मद्दत गर्छ । बढ्दो उमेर सँगै यौनआनन्द अझै धेरै लिन सकिन्छ ।
बुढ्यौलीमा यौन आनन्ददायी हुँदैन
यो धारणा पनि गलत हो । बुढ्यौलीमा पनि यौन उत्तिकै आनन्दायी हुन्छ । महिलाहरुमा करिब ३०-४० वर्ष पुग्दा हर्मोनको कारणले परिवर्तन आउँछ , जस्ले गर्दा यौनिक आत्मविश्वास बढ्छ। करिव ५० वर्षमा मानिसहरुको यौन जीवनको चरम स्थानमा पुग्छन । जोडीहरु सँगै आफ्नो भावुक पक्ष सुढृद बनाउन सक्छन । सँगसँगै बुढ्यौलीमा प्रबेश हुँदा झन गहिरो सम्बन्ध स्थापित हुन्छ र यसले एक अर्काको इच्छा, अनिच्छा बुझ्न मद्दत गर्दछ र उन्नत आनन्ददायी यौन सुख प्राप्ति हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच