जुम्लाका स्थानीय तह : पुर्वाधार विकास सडक निर्माणमा कमजोर

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाका आठवटै स्थानीय तह पुर्वाधार विकास सडक निर्माण कार्यमा कमजोर देखिएकाछन् ।

महालेखापरीक्षकको कार्यालयले यही जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्लाको तिला गाउँपालिकाले पुर्वाधार विकास सडक अन्तर्गत चारवटा र पालिका भित्र ग्राभेल सडक एकवटा मात्र निर्माण गरेको छ । कालोपत्रे सडक,कालोपत्रे सडक मर्मत तिला गाउँपालिकाले नगरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै सिंजा गाउँपालिकाले ग्राभेल सडक निर्माण दुई दशमलव पाँच प्रतिशत मात्रै पुर्वाधार विकास सडक निर्माणमा काम गरेको छ । तातोपानी गाउँपालिकाले ग्राभेल सडक निर्माण ५६० मिटर, र चन्दननाथ नगरपालिकाले कालोपत्रे सडक निर्माण दुई, ग्राभेल सडक निर्माण एक वटा भएको महालेखापरीक्षले जनाएको छ ।

हिमा, पातारासी, कनकासुन्दरी र गुठिचौर गाउँपालिकाले पुर्वाधार विकास सडक निर्माणअन्तर्गत कालोपत्रे सडक निर्माण कालोपत्रे सडक मर्मत र ग्राभेल सडक निर्माण नगरेको महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।

संघीय र प्रदेश सरकारबाट सिमित बजेट स्थानीय तहमा पठाउँदा पालिकाले सोचे अनुसार पुर्वाधार विकास सडकलाई कालोपत्रे र ग्राभेल सडक निर्माणमा काम गर्न नसकेको सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिनुभयो । पालिकाले विभिन्न ग्रामीण भेगसम्म सडक जोडेको छ । ग्राभेल सडक निर्माण भएका छैन । बजेट व्यस्थापन नहुदाँ स्थानीय तहले निर्माण गरेका अधिकाँश सडक स्तरवृद्धि नभएको सिंजा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

तिला गाउँपालिकाको वडा नं.६,७,८ र ९ वडामा अझै सडकको पहुँच पुग्न सकेको छैन । यी वडा पालिकाको सबैभन्दा विकट वडा हुन । भौगोलिक विकटताले सडक निर्माणमा करौड बजेट लाग्ने देखिन्छ । पटक पटक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसंग माग गरेपनि पुरा हुन सकेको छैन । ग्राभेल सडक निर्माण भन्दा तिलाका सबै वडामा सडको सहज पहुँच पुग्न नसकेको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?