बाग्मतीस्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै आठ दल

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आगामी राष्ट्रपति निर्वाचानका सन्दर्भमा आठ दलीय गठबन्धनले आज सातै प्रदेशका सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन आज सातै प्रदेशका प्रदेश सभाका सदस्यलाई गठबन्धनका शीर्ष नेताले प्रशिक्षण दिने भएका हुन् ।

यसका लागि नेपाली कांग्रेससहित दलहरूले सबै प्रदेशमा प्रतिनिधि खटाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका दलहरूले प्रदेश सभा सदस्यहरूसँग राष्ट्रपति निर्वाचन र गठबन्धनबाट भावी केन्द्रीय र प्रदेश सरकार विस्तार र गठनलगायत विषयमा कुराकानी गर्न लागेका हुन् ।

आठ दलले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बनाएको कार्यदलले सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग कुराकानी गर्न प्रतिनिधिसमेत खटाएको छ । कांग्रेसका पदाधिकारीहरूले प्रदेशमा हुने छलफलको नेतृत्व गर्नेछन् ।

त्यसका लागि कांग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरूङ, लुम्बिनीमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सहमहामन्त्री बद्री पाण्डेलाई जिम्मेवारीसहित खटाएको छ ।

बागमती प्रदेश सभा सदस्यहरूसँग भने काठमाडौंमै छलफल हुनेछ । दिउँसो १ बजे नयाँ बानेश्वरको आनन्द इभेन्टमा अन्तर्क्रिरया कार्यक्रम राखिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा आठ दलबाट पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार हुहुहुन्छ ।

पौडेललाई भोट माग्दै आठ दलका शीर्ष नेताले बिहीबार तीनकुनेमा संघीय सांसदहरूसँग छलफल गरेका थिए। नेम्वाङलाई भोट माग्दै एमाले नेताहरू पनि बिहीबार नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्न पुगेका थिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?