काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र नेपाल आयल निगमबीच सहमति भएको छ । सरकारसँग ४ बुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको हाे ।
सोमवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग आन्दोलनरत मजदुरहरुसँग भएको छलफलमा सहमति भएको हो । निगमसँगको सहमतिपछि संघले आईतवारदेखि शुरु गरेको आन्दोलनका कार्यक्रमहरु आजदेखि फिर्ता लिएको छ । सहमतिपछि पत्रकार सम्मेलनमा बोल्दै वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेले मजदुर संगठनसँग आगामी १५ दिनमा माग सम्बोधन गर्ने गरी सहमति भएको बताउनु भयो ।
उहाँले संघले उठाएका मागहरू सम्बोधन गर्न नेपाल आयल निगमका कार्यकारी निर्देशक निर्देशक चण्डिका भट्टको संयोजकत्वले १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउने गरी सहमति भएको बताउनु भयो ।
उहाँले समितिले बुझाएको प्रतिवेदनका आधारमा निगमले समस्या समाधान गर्ने सहमति भएको बताउनु भयो । उहाँले नेपाल आयल निगमले व्यवसायीहरुलार्य दिई आएको बमोजिमको पारिश्रमिक र सुविधा ट्याङकर चालक,सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकलाई उपलब्ध गराउने व्यवसायीहरुको प्रतिवद्धता व्यक्त गर्ने सहमति भएको बताउनु भयो । उहाँले आजकै दिनदेखि चालक संघले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताउनु भयो । उहाँले विद्यमान कानूनी व्यवस्थाको पालना सम्बन्धमा नियमित रुपमा प्रभावकारी अनुगमन गर्ने सहमति भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको मागका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा नेपाल पेट्रोलियम ट्याङकर चालक संघ,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र बागमती पेट्रोलिय एशोसिएशनले विभिन्न समयमा नेपाल आयल निगममा पेश गरेका मागहरुको सम्बन्धमा सहमति भएको छ । नेपाल पेट्रोलियम ट्याङकर चालक संघको ७ बुँदे माग लगायत अन्य क्षेत्रमा देखापरेका समस्या समाधान गर्नेगरी १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी निगमका प्रमुख कार्यकारी निर्देशकको संयोजकत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्याङकर चालक संघ,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र वागमती पेट्रोलियम एशोसिएशनको प्रतिनिधित्व हुनेगरी उपमिति गठन गर्ने,नेपाल आयल निगमले व्यवसायीहरुलार्य दिई आएको बमोजिमको पारिश्रमिक र सुविधा ट्याङकर चालक,सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकलाई उपलब्ध गराउने व्यवसायीहरुको प्रतिवद्धता व्यक्त गर्ने,आजकै दिन देखि चालक संघले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता दिने सहमति भयो । विद्यमान कानूनी व्यवस्थाको पालना सम्बन्धमा नियमित रुपमा प्रभावकारी अनुगमन गर्ने सहमति भएको छ ।’
नेपाल पेट्रोलियम ट्याङकर चालक संघका अध्यक्ष ईश्वर लामाले पट्रोल पम्प र ग्याससँग सम्बन्धित क्षेत्रका काम गर्ने मजदुरहरुको माग १५ दिनमा सम्बोधन गर्ने प्रतिवद्धता जनाएकाले सबै आन्दोलन कार्यक्रम फिर्ता गर्ने समहति गरिएको बताउनु भयो । उहाँले नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र वागमती पेट्रोलियम एशोसिएशनले १५ दिनमा माग हुने आशाले समहित भएको बताउनु भयो । उहाँले निगमले १५ दिनमा माग सम्बोधन नगरे मुलुकभरका डिपोमा पेट्रोलियम पदार्थ लोडअनलोड बन्द गरेर चाबी ढुवानी व्यवसायी महासंघलाई हस्तान्तरण गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मजदुरहरु बोर्डसम्म आएको पहिलो पटक हो । पट्रोल पम्प र ग्याससँग सम्बन्धित क्षेत्रका काम गर्ने मजदुरहरुको माग १५ दिनमा सम्बोधन गर्ने प्रतिवद्धता जनाएकाले नेपाल पेट्रोलियम ट्याङकर चालक संघ,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघ र वागमती पेट्रोलियम एशोसिएशनले सहितले सहमति गरेका छौं । १५ दिनमा माग सम्बोधन नभएर बाटोमा आउन नपरोस् । १५ दिनमा माग सम्बोधन भएन भने थानकोट डिपो मात्रै बन्द गरेका छौं । सम्पूर्ण मुलुकभरका डिपोमा पेट्रोलियम पदार्थ लोडअनलोड बन्द गरेर चाबी ढुवानी व्यवसायी महासंघलाई हस्तान्तरण गर्छाैं । त्यहाँसम्म नपुग्ने वातावरण बोर्ड गर्छ भन्ने आशा गरेका छौं ।’
आजदेखि आन्दोलन फिर्ता भएकाले इन्धन ढुवानी सहज रुपमा हुने निगमले बताएको छ । चालक, सहचालकले श्रम ऐनअनुसार तलव, जोखिम भत्ताको व्यवस्थापन लगायत ७ बुँदे माग राखेर आईतवारदेखि थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच