काठमाडौं । कोका-कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोस्रो चरण आयोजना हुने भएको छ । ‘सक्षम’ नेपालभरका महिला उद्यमीलाई सशक्तीकरण गर्न ८ मार्च २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका-कोला नेपालले सुरु गरेको थियो । हालसम्म सक्षमद्वारा दुई हजारभन्दा बढी महिलाले सशक्तीकरण तथा उद्यमशीलता तालिम प्राप्त गरिसकेका कम्पनीले जनाएको छ ।
कोका-कोला नेपालका निर्देशक चन्द्रिका कालियाले भन्नुभयो, ‘हामी नेपालमा महिला उद्यमीलाई थप सशक्त बनाउँदै सक्षम कार्यक्रमको दोस्रो चरणको यात्रा जारी राख्न पाउँदा अत्यन्त हर्षित छौँ । हामी नवप्रवर्तन, दिगोपन र समावेशिता प्रवद्र्धन गर्नेे अवसर सिर्जना गर्नुपर्नेमा विश्वास गर्छौँ । सक्षममार्फत् हामीले नयाँ उद्यमीलाई सहयोगमात्र नभई देशको आर्थिक र सामाजिक विकासमा पनि योगदान पु¥याउने लक्ष्य राखेका छौँ ।’
२०२४ मा बृहत् समीक्षाद्वारा छनोट गरेपछि मे ३१, २०२४ मा सुरु गरिएको सक्षम कार्यक्रममा विशेषज्ञद्वारा महिला नेतृत्व, कम्पनी वैधता, वित्त पहुँच, र सर्कुलर अर्थतन्त्र जस्ता विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए । दुईमहिने कार्यक्रममा लैंगिक अधिकार, नेतृत्व, जलवायु परिवर्तन, कानुनी प्रक्रिया, मार्केटिङ र वित्तलगायत विभिन्न विषयका सत्र समावेश थिए । कार्यक्रममा कृषि, हाइड्रोपोनिक्स, मानसिक स्वास्थ्य, सांस्कृतिक सम्पदा प्रवद्र्घन, प्रविधि र अन्य विषयको प्रतिनिधित्व गर्ने ४० भन्दा बढी महिलाले आवेदन दिएकामा १० उत्कृष्ट महिलालाई कार्यक्रममा समावेश गरिएको थियो । यस वर्ष सक्षम कार्यक्रमको तेस्रो सशक्तीकरणलाई नेपालभर जारी राख्दै थप एक हजार महिलालाई कोका–कोलाको सञ्जालमा जोड्ने तयारी रहेको कोका-कोलाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच