काठमाडौं । नेपालको अनलाइन बससेवा भुक्तानी सेवा प्रदायक बससेवा डटकम र नील हिरा समाजबीच अनलाइनबाट बुकिङ भएका टिकटमा एक टिकट बराबर एक रुपैयाँ लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हितमा छुट्याउने सम्झौता भएको छ ।
सम्झौतापत्रमा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल र बससेवा डटकमका बजार व्यवस्थापक डेनिसजंंग थापाले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार बससेवा डटकमले कुनै पनि व्यक्तिले काटेको टिकटबाट नील हिरा समाजलाई एक रुपैयाँका दरले प्रदान गर्नेछ ।
नील हिरा समाज (ब्लु डायमण्ड सोसाइटी) नेपालमा सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिमा पनि विशेषगरी तेस्रो लिंगी वर्गको हक अधिकारका निम्ति कार्यरत गैरसरकारी संस्था हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच