काठमाडौं । जेके टायर इण्डियाले नेपाली बजारका लागि विशेषरूपमा डिजाइन गरिएको अफ-द-रोड (ओटिआर) क्याटगोरीका दुई नयाँ उत्पादन थप गरेको छ । कम्पनीले हार्ड रक च्याम्पियन र जिटिएल प्लसको नयाँ भेरियन्ट ल्याएको हो । जसले नेपाली बजारमा नयाँ इनोभेसनसाथ उपस्थित हुने कम्पनीको प्रतिबद्धता प्रमाणित गर्ने कम्पनीको दाबी छ । जेके टायर इण्डियाका अध्यक्ष अनुज कथुरियाले जेके टायरको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा डिस्ट्रिब्युटर्सको एक्सक्लुसिभ माइनिङ एण्ड कन्स्ट्रक्सन प्याभिलियनमा नयाँ टायर सार्वजनिक गर्नुुभएको हो ।
कम्पनीका अध्यक्ष अनुज कथुरियाले भन्नुभयो, ‘नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो र नेपाली ग्राहकका विभिन्न चाहना परिपूर्ति गर्ने कार्यलाई हामीले प्राथमिकतामा राखेका छाँै । यी नयाँ टायरले असाधारण स्थायित्व र विश्वसनीयता प्रदान गर्छन् तथा विभिन्न भौगोलिक अवस्थाका लागि उपयुक्त हुने किसिमले निर्माण गरिएका छन् । यसले हाम्रा ग्राहकलाई अद्वितीय क्षमतासहितको परफर्मेन्स उपलब्ध गराउनेमा हामी ढुक्क छौँ ।’ कम्पनीका अनुसार जेके टायरको हार्ड रक च्याम्पियन नेक्स्ट जेन प्रिमियम माइनिङ टायर हो । जसको साइज १२.००-२० २० पिआर रहेको छ ।
त्यसैगरी जिटिएल प्सलको साइज १७.५-२५ २० पिआर रहेको छ र यसलाई ग्रेडर र लोडरमा प्रयोग गर्न सकिन्छ । जस्तोसुकै लोडमा पनि सहज तरिकाले प्रयोग गर्न सकिने गरी यसमा नाइलन प्रयोग गरिएको हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच