काठमाडौं । इङल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । युरोकपको समुह सी अन्तर्गतको खेलमा डेनमार्कले इङल्याण्डलाई १–१ गोलको बराबरीमा रोकेको हो ।
गएराती सम्पन्न खेलमा इङल्याण्डले खेलको १८औ मिनेटमा ह्यारी केनको गोलमा शुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा अंक बाँडेको थियो ।
डेनमार्कका लागि खेलको ३४औं मिनेटमा मोर्टेन हजुलमण्डले डी बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र दुवै देशले एक एक अंक बाँडेका थिए ।
यो बराबरीपछि समुह सी मा इङल्याण्डको २ खेलमा ४ अंक भएको छ भने डेनमार्कको २ खेलमा २ अंक भएको छ ।
अब समुह चरणको अन्तिम खेलमा इङल्याण्डले जुन २६ मा स्लोभेनियासँग र डेनमार्कले सोहि दिन सर्बियासँग खेल्ने तालिका रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच