एकसाथ तीन कृति लोकार्पण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साहित्यकार हिरण्यकुमारी पाठकको कथाकृति ‘विसंगत स्वरहरू’ तथा नियात्राकार सुशीला देउजाको बाल– नियात्राकृतिहरू ‘सम्पदा दर्शन’ र ‘अमेरिका दर्शन’ काठमाडौंमा एक कार्यक्रमबीच एकसाथ लोकार्पण गरिएको छ । कार्यक्रममा साहित्यकार गणेश रसिकले उक्त तीनै कृति लोकार्पण गर्नुभएको हो ।

भूगोल साहित्य समाजद्वारा आयोजित कार्यक्रममा पाठकका कथाकृतिमाथि प्रमोद प्रधान र मञ्जिला अनिलले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने देउजाको नियात्राकृतिहरूमाथि नियात्राकार भीष्म उप्रेतीले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा गणेश रसिक, रोचक घिमिरे, हिरण्यकुमारी पाठक, सुशीला देउजा, विनोद नेपाल, दिनेशविक्रम थापालगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?