योग नेपालको आम जीवन पद्धति हो : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले योग नेपालको आम जीवन पद्धति भएको बताउनुभएको छ ।

शुक्रवार विश्व योग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको ऐतिहासिक अध्ययन तथा योग गुरुहरु र अध्येताहरुका अनुसार नेपाल योगको आदिभूमि र योगको धरोहर भएको बताउनु भयो । उहाँले नेपालका तीन सभ्यताहरुः शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको बताउनु भयो ।

नेपालको सांस्कृतिक इतिहासलाई खोतल्दा पुराना भवन र शहरको निर्माणमा पनि योग र तन्त्रको ज्ञान विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिने बताउनु भयो । उहाँले नेपालमा बसोवास गर्ने विभिन्न जाति, जनजातिहरुको दैनिक जीवनमा योगको व्यवस्था र प्रभाव हुनुले योग नेपालको आम जीवन पद्धति हो । त्यसैले योग नेपालकै अमूल्य निधि भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको ऐतिहासिक अध्ययन तथा हाम्रा योग गुरुहरु र अध्येताहरुका अनुसार नेपाल योगको आदिभूमि हो र यो योगको धरोहर पनि हो । नेपालका तीन सभ्यताहरुः शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ । नेपालको सांस्कृतिक इतिहासलाई खोतल्दा यहाँका पुराना भवन र शहरको निर्माणमा पनि योग र तन्त्रको ज्ञान विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिन्छ । मठ, मन्दिर र मूर्तिकलामा होस् वा चित्रकलामा, पौवा, थान्का सबैतिर योगको नै प्रभाव देखिन्छ । ढुंगेधारा, कुवा, इनार, राजकुलाका निर्माणमा पनि योग र तन्त्रको ज्ञानलाई प्रयोग गरेको अहिले पनि देख्न सक्छौँ । नेपालमा बसोवास गर्ने विभिन्न जाति, जनजातिहरुको दैनिक जीवनमा योगको व्यवस्था र प्रभाव हुनुले योग नेपालको आम जीवन पद्धति हो । त्यसैले योग नेपालकै अमूल्य निधि हो ।

प्रधानमन्त्री दाहालले प्राकृतिक हिसावले नेपाल संसारभरका मानिसका लागि योग अभ्यासको उत्तम भूमि भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?