दाङ । लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ । नेपाली काँग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रवारको संसद बैठक अवरुद्ध गरेको हो ।
शुक्रवारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ल बहादुर चौधरीले आफनो धारणा राखिसके पछि कांग्रेसले सदन अवरुद्द गरेको हो । दल नेता बोलिसकेपछि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन् । संसदमा सम्वोधन गर्दे नेपाली काँग्रेस संसदीय दलका नेता तथा विपक्षी दलका नेता तथा डिल्लीबहादुर चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको, किसानमैत्री बजेट नल्याएको बताउनुभयो ।
यो सरकार किसानको विरोधी भएको टिप्पणी गर्नुभयो । यस्तो कार्यले संघयीताको पुष्टी कसरी हुन्छ ? आम जनतालाई मल विउ पु-याउन नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथामिकता हो ? उहाँले प्रश्न गर्नुभयो । पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको बताउनुभयो । उहाँले स्थानीय जनजातीहरुले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएका थियो त्यो अहिले काटेर अर्काे क्षेत्रमा राखियो । के यो सरकार जनजाती विरोधी सरकार हो । यो सरकार गरिखाने वर्गहरुको लागि बनेको सरकार हैन ? यो त महिला, गरिखाने वर्ग, युवाहरुको विरोधी सरकार बनेका छ । नाराले मात्रै हैन, पैसा र काम गरौ अनि मात्रै नारा सफल हुन्छ ।
उहाँले विपन्नवर्गसंग जोडिएका कार्यक्रमहरु कटौटी गरेको र नयाँ नल्याएको बताउनुभयो । उहाँले युवा, महिला, जेष्ठनागरिक, मधेशी मुस्लिम, किसान, विपन्न वर्ग, मुक्तकमैया, जनजाती, वादी, गन्दर्भ,चमार, लोपोन्मुख, मुसहर, पौडे, नटुवा माझी, कुसुन्ड, कोरी समुदायलाई बजेटले नछोएको बताउनुभयो । यस्तो अवस्था कस्का लागि बजेट ल्याएको भने र प्रश्न गर्नुभयो । चालु आवमा धेरै योजना बन्द गरिएको छ, आयका कार्यक्रम सञ्चालन गर्न किन नदिएको हो । उहाँले भन्नुभयाे- संघीयता विरोधी बजेट, सहयोग गर्ने बजेट आएको छ । यो बजेटले संघीयता विरोधी बजेट भएको हुदा काग्रेसले यसको विरोध गरेको बताउनु भयो । घाटाको बजेट ल्याउने र पुरा नहुने राजश्व संकलनको लक्ष्य देखाएर आम नागरिकलाई भ्रममा पारिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच