काठमाडौं । इटहरी नगरपालिका ९ रजिष्टर्ड कार्यालय तथा बनेपा नगरपालिका ८ मा कर्पोरेट कार्यालय रही देशका ७४ जिल्लामा दुई सय ८७ शाखामार्फत् एनआइसी एसिया लघुवित्तले १० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको छ । वित्तीय सेवाका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत विविध क्रियाकलाप गर्दै आइरहेको संस्थाले असार १ गते बारा जिल्लास्थित परवानीपुर शाखामा आँखा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
गरिब, विपन्न तथा ग्रामीण भेगमा रहेका पहुँच नपुगेका व्यक्तिहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको लघुवित्तले जनाएको छ । शिविरमा एक सय २४ जना आँखाका समस्या भएका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । निःशुल्क चेक जाँच, निःशुल्क औषधि वितरण तथा निःशुल्क मोतीबिन्दुका शल्यक्रिया सेवासमेत प्रदान गरिएको संस्थाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच