![पुस्तक : प्रीति आत्रेयको मुक्तकसङ्ग्रह ‘चुटुक्क’](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Preeti-Atreyas-free-collection-Chutukk-Hita-Article-Sushila-Ghimire.jpg)
‘गद्यं कवीनां निकषं वदन्ति’ ज्ञान वृद्धहरूले मान्दै आएको सूूत्र हो यो । निश्चय नै निबन्ध लेखन ठट्टा होइन । यसले कवि अर्थात् निबन्धकारको क्षमता कसीमा राखेर जाच्छ । निबन्ध साहित्यको यस्तो जटिल विधामा पनि मायादेवी शर्माले साहस गरेर २०७९ मा २९ वटा निबन्धहरूको सङ्ग्रह ‘सम्झनाका लहर’ डा.प्रशान्त शर्मा प्रकाशक रहेर प्रकाशनमा आएको छ । जम्मा एकानब्बे पृष्ठको शरीर भएको यो कृतिभित्र यात्रापरक, संस्मरणात्मक, ऐतिहासिक, सांस्कृतिक, निजात्मक, भावपरक एवं वस्तुुपरक चरित्रका आलेखहरू छन् । तेइस हजारभन्दा बढी शब्दले सजिएको यो निबन्धमा आठ सय शब्ददेखि बाह्र सय शब्दसम्मका चारवटा लामा, लघुुतम कायाका दस र अन्य बाँकी मध्यशरीरका छन् । निजात्मक र परात्मक दुुवै खालका निबन्धहरूको जमघट गराउनुु भएर लेखिकाले यसलाई रुचिकर बनाउने प्रयास गर्नुभएको छ ।
नेपाली, अङ्ग्रेजी र संस्कृत वाङ्मयका निष्णात पण्डित एवं परिज्ञाता, परराष्ट्रविद् राजनयिक व्यक्तित्व जयराज आचार्यजीका शुुभाशीर्वादको भूूमिका झन्नै चारसय पचास शब्दमा उनिएको छ । अनसूूया र अत्रिको रूपमा मायादेवी र मुकुन्द शर्माको चित्रण गर्दै यसरी बोल्नुुहुन्छ भूमिकाकार जयराज आचार्य : ‘यिनमा व्यक्त विचार र भाषा नेपालका पहाडबाट निस्केका सफा खोलाहरू जस्तै स्वाभाविक रूपमा बगेका छन् । यिनमा प्राकृतिक सौन्दर्य छ कृत्रिमताको बोझिलो गहना छैन’ । यसै क्रममा नेपाली आख्यान साहित्यकी मनीषि माया ठकुरीका वात्सल्यका शब्दाहार यसरी पोखिन्छन् : ‘निबन्धकार मायादेवीले आफ्ना रचनामा समाजमा भएका विसंगति विशेष गरेर नारीलाई हेयका दृष्टिले हेर्ने परम्पराप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । रुढीवाद र अन्धविश्वासप्रति लेखिका मायादेवीले घोर आपत्ति जनाउनुुभएको छ’ । अक्षर संसारमा हराइरहन मन पराउने यी दुुई ख्यातनामा मेधाका उत्साहिला उत्प्रेरक उज्याला अभिव्यक्ति पक्कै पनि मायाजीको लेखनको चुरो समातेर बगेको हृदयको माङ्गलिक अशीर्वाद हुन् ।
मायादेवीका प्रकाशित कृतिहरू २०६९ मा ‘उर्मिला’ उपन्यास, २०७५ मा ‘चुनौती चिरेर’ निबन्ध र विगत वर्षमा प्रकाशित ‘सम्झनाका लहर’ निबन्ध हुन् भने अन्य अप्रकाशित कृतिहरू पनि मनग्गे छन् । आजको चर्चा यही ‘सम्झनाका लहर’ माथि संक्षिप्त अर्जुनदृष्टि डुलाउनुु हो ।
मायादेवीका प्रकाशित कृतिहरू २०६९ मा ‘उर्मिला’ उपन्यास, २०७५ मा ‘चुनौती चिरेर’ निबन्ध र विगत वर्षमा प्रकाशित ‘सम्झनाका लहर’ निबन्ध हुन् भने अन्य अप्रकाशित कृतिहरू पनि मनग्गे छन् । आजको चर्चा यही स्मृतिका लहर अर्थात् ‘सम्झनाका लहर’ माथि संक्षिप्त अर्जुनदृष्टि डुलाउनुु हो । अतः यो कृतिभित्रका आलेखमध्ये सबैभन्दा लामो निबन्ध ‘प्रेरणाका प्रतीक बाबा’ रहेको छ । यो निबन्धको शैली संवादात्मक तथा कथात्मक जीवनीमा घुुमेको छ । लेखिकाका पिता जो समाजसेवी, राजनीतिज्ञ र सङ्घर्षशील पुरुष हुनुुहुन्थ्यो उहाँको जीवनवृत्तको सूूक्ष्म झलक सूत्रात्मक तबरले प्रस्तुुत भएको छ ।
बाबाको बाल्यकालीन समयको सङ्घर्ष कोट्याएर उहाँको पढाइ र उच्च शिक्षाको तारतम्य कसरी मिल्यो भनी आत्मीय जिज्ञासाहरू पनि राखेकी छिन् । निबन्ध मार्मिक, हृदय हल्लाउने र तत्कालीन समयको सूूचनालाई उजागर गर्ने खालको छ । लामो समयको भारत प्रवासनले बाबालाई भारतीय सैनिक शिविरमा धर्मगुरु (पण्डित) को दर्जा पाउनुु विभिन्न प्रदेशमा जागिरको क्रममा सरुवा र परिश्रम गर्नुपर्ने अवस्थाको यथातथ्य प्रस्तुति छ । जागिर छोडेर नेपाल फर्किएपछि समाजसेवा नै उहाँको क्षेत्र बनेछ । दैवज्ञ, राजनीतिज्ञ, सामाजिक अभियन्ता र कर्मकाण्डनिपुुण हुनुुहुुँदो रहेछ उहाँ ।
निजात्मक निबन्धका प्रणेता मोन्टेनले भनेजस्तै ‘म नै मेरो निबन्धको विषयवस्तुु हुँ’ अनि देवकोटाले बोलेझैँ ः ‘निबन्ध चस्मादार अध्यापकको व्याख्यान होइन न त बमन वेदान्त’ जस्ता गूूढ सूूक्तिसित मितेरी गाँस्दै नैबन्धिक यात्रामा हिँड्नु भएकी लेखिकाको अबका नैबन्धिक आलेख अझ सबल, दृढ र मनोहारी बनून् ।
यसैगरी अर्को ‘आकाशे कुुइनेटा’ शीर्षकले गोसाइँकुुण्ड यात्रा संस्मरण अत्यन्त हार्द, मनोवादात्मक र प्रकृतिको प्रतिकृति खिच्न सफल बनेर गडगडाएको छ । आत्मवृत्तान्तपरक शैलीमा लेखिएको यो निबन्ध छोरी र आमाबीचको प्रश्नोत्तरबाट आरम्भ भएको छ । छोरी रश्मिले गोसाइँकुण्ड जाने हेलिकप्टरको टिकेट मिलाइदिएपछि निबन्धकार सदम्पतीमा रोमाञ्च तथा हर्ष छाएको सुन्दर भावमा वर्णन र कल्पनाका छल्काहरूका मनोतथ्य विरेचन पुुगेको छ यो निबन्धले । गोसाइँकुुण्ड, भैरवकुुण्ड, हिमाली भूूधराको रमणीय एवं जोखिमपूर्ण ठाउँहरू अनि आकाशमार्गबाट देखिने नदी, पहाड, लेकबेँसी, खोच, कुुइनेटो, द्यौरालीभञ्ज्याङ सबैको मरोरम वर्णन छ । त्यसैले त निबन्धकार मायादेवी यस्तो अनुुभूूति पोख्न पुुगेकी छिन् : ‘जीवनभोगाइको कुुइनेटाको सँगालो रहेछ भन्ने लाग्यो’ ।
त्यसैगरी ‘एच्एम्टी घडी’ शीर्षकको निबन्ध नारी समस्या र मनोविज्ञानको पत्रपत्र विचरण गर्न पुुगेको छ । बाल्यकालीन समयको घडीप्रतिको सोचलाई यथातथ्य उजागर गरेर तत्कालीन ग्रामीण जीवनको असुविधायुुक्त वातावरणको लेखाजोखा गरेकी छिन् । साथीले आफ्नो रहरको घडी बलै खोसेर दम्पत पारेको घटना, आमाले दिनुुभएको दण्ड र बुुबा विदेशमा रहँदा समाजले हेपेको बालअनुुभव सपाट उभ्याइएको छ । त्यसैगरी शर्माको ‘जन्मठाउँ प्यारो लाग्छ’ निबन्ध मायादेवी जन्मिएको माटो, प्रकृति, हावापानी, हिमाल, सांस्कृतिक उत्सव, पूजापाठ, हिउँदमा खेलिने खेलहरूको रोचक वर्णनमा केन्द्रित छ । अर्को आत्मपरक शैलीमा लेखिएको ‘लकडाउन’ (बन्दाबन्दी) निबन्धले विगतको भयकारी कोरोना कहरको भोगाइको सपाट चित्र उभ्याएको छ ।
यस्ता महामारी आफू भुरी हुँदा पनि भोगेका अनुुभव प्रकटीकरण भएका छन् । अर्को वर्णनात्मक निबन्ध ‘उपयोगी बाँस र हाम्रो जीवन’ निबन्धले यसको महिमा मण्डित गराउँदै सदावहार हरियाली राख्नसक्ने, भूूक्षय रोक्न मद्दत गर्ने, चोया, भाटा, डोका, डालीमा उपयोग हुने बहुमुुखी व्यक्तित्वको रूख भनी चिनउनुु भएको छ । हाम्रा देशज शब्दहरू-‘डाँडाभाटा, चोया, बाता, ढुुङ्ग्रो, टँगालो, डिँगा, टाट्नो, थारो, तगालो, गरालो, थाक्रो, सुपा, डाली, डेली, थुन्से, सोली, कोर्को, भकारी, कोठी, मान्द्रा, स्याखुु, तोस्रो आदि पदावलीले निबन्ध सिँगारिएको छ र बाँसको बहुुउपयोगिता वैज्ञानिक दृष्टिले पनि गाउन सफल छिन् मायाजी ।
यस निबन्धसङ्ग्रहको सबैभन्दा लघुुतम काय भएको निबन्ध ‘बिर्सन सकिनँ’ भन्ने हो । दुुई सय चानचुन शब्दको यो निबन्ध भनौं वा टिपोटले आजभन्दा पचास वर्षअघि ग्रामीण जीवनमा नारीले भोगेका कारुणिक स्वानुुभवलाई मर्मस्पर्शी बनाएर उभ्याउनुु भएको छ । यसलाई अझ तन्काइदिनुु भएको थियो भने बढी राम्रो हुने थियो । यस्तै तीन सय शब्दसम्ममा लेखिएका लघुुकायका निबन्ध सङ्क्षिप्त भएर पनि सङ्केतात्मक एवं सूूत्रात्मक बनेका छन् ।
यसैक्रममा ‘माइका थान’ निबन्ध ऐतिहासिक र सांस्कृतिक विषयवस्तुमा केन्द्रित छ । चित्रोपम शैलीमा थन्थापी देवीसितै प्रकृतिदेवी नाचेकी छिन् । अर्को ‘साहसकी प्रतिमूूर्ति आमा’ ले आमाको निर्भयता, कर्मप्रतिको प्रतिबद्धता र आँटिली महिलाको तस्वीर खिचेकी छिन् । तृतीय र प्रथम पुरुषको मिश्रणमा रचिएको यो आलेखमा माया हृदयजन्य अनुुभवलाई खुुलस्तसित पोख्न पुुगेकी छिन् र एक मातृभक्त सन्तानको रूपमा आपूूmलाई उभ्याएकी छिन् । यसै गरी उनका अन्य निबन्धहरू अन्धविश्वास, रुढी, नारीप्रतिको शोषण उत्पीडन र ती बेथितिविरुद्ध शालीन क्रान्तिको माग गर्न पुुगेकी छिन् ।
‘पितृदेको भव, मातृदेवो भव, आचार्य देवो भव,’ जस्ता सूूक्तिमा श्रद्धा, आस्था र विश्वास राख्ने उनी ‘यत्र नार्यस्तुु पूूज्यन्ते रमन्ते तत्र देवता’ भन्ने सूूक्तिलाई अनुुभवमा आस्वाद पाउनुुपर्छ नारीले भन्नेमा दृढ छिन् । जे होस् उहाँको भाव पक्ष सुन्दर छ । निबन्ध लेखनको भविष्य उज्यालो भेट्टाइन्छ । निजात्मक निबन्धका प्रणेता मोन्टेनले भनेजस्तै ‘म नै मेरो निबन्धको विषयवस्तुु हुँ’ । अनि देवकोटाले बोलेझैँ ः ‘निबन्ध चस्मादार अध्यापकको व्याख्यान होइन न त बमन वेदान्त’ जस्ता गूूढ सूूक्तिसित मितेरी गाँस्दै नैबन्धिक यात्रामा हिँड्नु भएकी लेखिकाको अबका नैबन्धिक आलेख अझ सबल, दृढ र मनोहारी बनोस् । यही कामनासहित यो सानो लघुु निबन्धसङ्ग्रहलाई गुुरु सलाम गर्दै सानो टिपोटलाई यहीँ विश्राम दिन्छुु । अन्त्यमा मायादेवी शर्माको ‘सम्झनाको लहर, नेपाली निबन्ध फाँटको मनोहर लहर हो’ । अस्तुु !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच