सेञ्चुरी र स्मार्ट च्वाइसबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता भएको छ । डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्युआर प्रयोगमा ल्याउन दुवै संस्थाबीच व्यावसायिक सम्झौता भएको हो ।

सेवा विविधीकरणको उक्त नयाँ आयामपछि सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप ‘सेञ्चुरी पे’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्युआरमार्फत् गर्न सक्ने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा स्र्माट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका प्रमुख व्यापार प्रवद्र्धन अधिकृत शंकर केसीले हस्ताक्षर गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?