चुम्बन सामान्य हो, आँखा चिम्लिने सिन दिन्न : अभिनेत्री घिमिरे

Read Time = 3 mins

काठमाडौं । अभिनेत्री दिया पुनले आफूलाई हरेक चलचित्रमा फरक अभिनय गर्न रुची रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाली चलचित्र अन्तिम संस्कार सार्वजनिक हुनु पूर्वसन्ध्यामा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले उहाँले आफूलाई धेरै चलचित्रमा काम गर्नुभन्दा गुणस्तरीय चलचित्रमा काम गर्न मन पर्ने बताउनु भयो ।

अभिनेत्री पुनले आफू चलचित्रबाट लामो समय ग्याप हुनुको कारकण पनि एउटै अभिनयको अफर आउनु रहेको र नयाँ अभिनय र पात्रका लागि अफर आएपछि मात्रै चलचित्रमा अभिनय गरेको बताउनु भयो । उहाँले हरेक अभिनय आफूलाई निभाउनका लागि कठिन हुने र आफू आफूले गर्ने अभिनयको अनुसन्धान गरेर मात्रै अभिनय गर्ने गरेको बताउनु भयो ।

कार्यक्रममा अभिनेत्री रेस्मा घिमिरेले अन्तिम संस्कार चलचित्रमा आफूले निभाएको भुमिका चलचित्रका लागि र आफ्ना लागि पर्याप्त रहेको बताउनु भयो । उहाँले अब भने आफू कुनैपनि अभिनय गर्नका लागि आत्मविश्वास बढेको बताउनु भयो । चलचित्रमा चुम्बन नेचुरल प्रसेस भएको बताउनु भयो । उहाँले माया गर्ने व्यक्तिले अर्को माया गर्ने व्यक्तिलाई चुम्बन गर्ने भएकाले सामान्य रुपमा लिनुपर्ने बतउनु भयो । उहाँले आँखा चिम्लिने गरी कुनैपनि दृश्य फिल्ममा दिन नसक्ने बताउनु भयो

साई प्रोडक्शन नेपालको ब्यानरमा ह्याम्साएर एकाउण्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ ।

चलचित्रमा विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जन,श्याम राई,पासाङ्ग लामा,बिकाश अधिकारी,सरोज खालिङ्ग राइ,सस्मिता गिरी,दिग्गज खत्री,सरोज कुमाल,धर्मानन्द आचार्य लगाएतको अभिनय रहेको छ। बाबु श्रेष्ठको छायाँकन,रुपेश गुरुङको सम्पादन रहेको यस चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन्। चलचित्र असार ८ गते शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?