झापा । झापाको कनकाई नगरपालिका र जिल्ला बाल सञ्जालको सहकार्यमा भएका कार्यक्रमको आर्थिक पाटो पारदर्शी नभएको आवाज चुलिएएको छ।
एक महिना अघि सम्पन्न "बासँग बालबालिका" कार्यक्रमको हिसाब हालसम्म सार्वजनिक नहुनु , बाल सञ्जालसँग मिल्दोजुल्दो रुपान्तरण नेपाल नामक संस्था खोलेर काम गरिनु र कनकाई नगर बाल सञ्जालको अघिल्लो कार्य समितिले आफ्नो कार्यकालको आर्थिक विवरण नयाँ समितिलाई समयमा उपलब्ध नगराएपछि त्यस्तो आवाज चुलिएको हो ।
गत जेठ ८ गते कनकाईमा सम्पन्न बासँग बालबालिका कार्यक्रमको खर्चको विवरण हालसम्म सार्वजनिक भएको छैन । सो कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहनु भएको थियो । सो कार्यक्रम सम्पन्न गर्न चार लाख बढी खर्च लाग्ने बताएइको थियोे । कार्यक्रमको आयोजक जिल्ला बाल सञ्जाल झापा थियो ।
शुक्रबार कनकाई नगरपालिकामा सम्पन्न नगर स्तरीय बाल सञ्जाल भेलामा सो विषयले प्रवेश पाएको एक सहभागीले बताउनुभयो । भेलामा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, नगरका राजनीति दल, जनप्रतिनिधि र अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
सो भेलामा कन्काई नगर बाल सञ्जालका प्रतिनिधिले बासँग बालबालिका कार्यक्रम, रुपान्तरण नेपाल नामक संस्थाले नगरमा गरेका गतिविधि, बालबालिकाको क्षेत्रमा नगर भित्र भइरहेका अन्य गतिविधिका विषयमा कुरा उठाएका थिए । जिल्ला बाल सञ्जाल र नगरपालिकाका जिम्मेवार पदाधिकारी सहभागी सो कार्यक्रममा स्पस्ट र चित्तबुझ्दो जवाफ कसैले नदिएको कनकाई नगर बाल सञ्जालका अध्यक्ष अस्लेशा कडेलले बताउनुभयो ।
" बासँग बालबालिका कार्यक्रमको कनकाई बाल सञ्जाललाई आधिकारिक निम्तो पनि आएन " कनकाई १ र २ मा रुपान्तरण नेपालले बाल सञ्जालले गर्ने काम गरेको देखियो " कडेलले भन्नुभयो," नगर बाल सञ्जाललाई वाइपास गरेर गतिविधि हुन थालेपछि हामीले चासो राखेका हौँ, बासँग बालबालिका कार्यक्रम र रुपान्तरण नेपालको नाममा नगरभित्र भइरहेका गतिविधिका बारेमा स्पष्ट पारिनु पर्छ भन्ने हाम्रो माग हो ।"
जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रसँग त्यस विषयमा आफूहरू स्पष्ट हुन खोज्दा उहाँले बालबालिकाले आर्थिक कारोबार गर्न हुँदैन भन्दै पन्छने प्रयास गरेको कडेलले दाबी गर्नुभयो । कन्काई बाल सञ्जालका निवर्तमान अध्यक्ष मिश्र अहिले झापा जिल्ला बाल सञ्जालको अध्यक्ष हुनुहुन्छ । मिश्रकै नेतृत्वमा बासँग बालबालिका कार्यक्रम पनि भएको हो । कनकाईमा रुपान्तरण नेपाल नामक संस्था मिश्रले नै सञ्चालन गरेको पाइएको अध्यक्ष कडेलले बताउनुभयो ।
" हामीले निवर्तमान अध्यक्ष मिश्रसँग जेठ २९ गते लिखित रूपमा अघिल्लो समितिले गरेको खर्चको आर्थिक विवरण माग गरेका हौँ " अध्यक्ष कडेलले भन्नुभयो," उहाँ ( मिश्र ) ले त्यो विवरण हालसम्म पनि दिनु भएको छैन, आज दिन्छु भन्ने मौखिक जवाफ आएको छ । " अध्यक्ष कडेलले सञ्चालनको पाँचौँ बैठकले मिश्रसँग आर्थिक विवरण माग्ने निर्णय गरेको बताउनुभयो ।
रुपान्तरण नेपालले प्राविधिक सहयोग गर्ने सहमति नगरपालिकासँग गरेपनि कन्काई १ र २ मा नगरपालिकाको ब्यानरमा हुने कार्यक्रममा रुपान्तरण नेपालले आयोजकको ब्यानर राखेर कार्यक्रम गरेपछि उसको र नगरपालिकाको काममा शंका उत्पन्न भएको बाल सञ्जाल आबद्धहरुले बताएका छन् ।
नगर स्तरीय बाल सञ्जाललाई बेवास्ता गरिएपछि नगरपालिका र जिल्ला बाल सञ्जालले नगरभित्र गर्ने काममा आफूहरू चासो दिन बाध्य भएको अध्यक्ष कडेलको भनाइ छ ।
बालबालिकाको क्षेत्रमा नगरमा भइरहेका पछिल्ला गतिविधि र रुपान्तरण नेपालसँग कस्तो सम्झौता भएको छ भन्ने विषयमा नगर बालकल्याण अधिकारी उमानाथ ढकालसँग यथार्थ बुझ्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच