सरकारले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल पूरा गर्नुपर्छ : काँग्रेस सांसद केसी

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सांसद केसीले नुवाकोटको ऐतिहासिक महत्वको साततले दरबार पुनर्निर्माणमा चासो नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । २०७२ सालको भूकम्पले थिलथिलो बनाएको सो दरबारको पुनर्निर्माणको काम चीन सरकारले गर्ने भने पनि अहिलेसम्म शुरु हुन नसकेकाले सरकारले नै सो काम तत्काल शुरु गर्नुपर्ने उहाँले दबाब दिनुभयो । सांसद केसीले चीन सरकारले सो दरबारको पुनर्निर्माणको काम गर्ने नगर्ने भन्नेबारे पनि सरकारले तत्काल वार्ता गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘नुवाकोटको ऐतिहासिक सात तले दरबार २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको नौ वर्ष भयो । पुनर्निर्माण हुन नसक्दा खण्डहरको रुपमा परिणत भएको छ । चीन सरकारले बनाई दिने घोषणा त गर्‍यो । तर आजसम्म त्यसै थिलथिलो रहेको छ । यसबारे पटक पटक मैले कुरा उठाए । तर कुनै पनि सरकारले पटक्कै ध्यान नदिएकोप्रति खेद व्यक्त गर्दै यसको पुनर्निर्माणमा चीन सरकारसँग तत्कालै वार्ताद्वारा टुंग्याउने वा सरकारले नै युद्धस्तरमा कार्य सुरु गर्ने काम तत्काल गरोस् । संसद सचिवालयका कर्मचारीहरुको जायज माग तुरुन्त पूरा गरियोस् ।

सांसद केसीले भूकम्पपछिको पुनर्निर्माणको काममा सरकार अझै गम्भिर नभएको आरोप पनि लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?