काठमाडौं । समृद्धि फाइनान्स कम्पनी मधुवन शाखाले शनिबार पहिलो वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो । शाखाले स्थापनाकालदेखि हालसम्म २१ सय ग्राहक आबद्ध गर्दै चार करोड ८० लाख बचत संकलन र एक करोड ४७ लाख लगानी गर्न सफल भएको शाखा प्रमुख केशव पौडेलले उक्त अवसरमा जानकारी दिनुभयो ।
शाखाले बराहक्षेत्र नगरपालिकाका स्थानीय व्यापारी, बचतकर्ता, बुद्विजीवी, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । शाखाले आगामी दिनमा स्थानीय आवश्यकताअनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरीय कर्जा लगानीमा घनिभूत ढंगले अघि बढ्ने र बैंकिङ सेवा थप सशक्त बनाउन स्थानीय जनचाहनाबमोजिम कार्यलाई प्राथमिकता दिई कार्य गर्ने शाखाको कार्ययोजना रहेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच